
काठमाडौँ । पाँच दशकदेखि शान्ति र आत्म चेतनाको ज्ञान प्रवाह गर्दै आउनुभएका प्रख्यात वक्ता प्रेम रावतले नेपाली समाजमा पनि आत्मज्ञान र शान्तिको सन्देश प्रवाहका लागि प्रवचन दिनुहुने भएको छ ।
आत्मज्ञान प्रसार सङ्घ नेपालद्वारा शनिबार बिहान रुपन्देहीको सैनामैनामा नगरपालिका–७ गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा आयोजित एक कार्यक्रममा उहाँको करिब दुई घण्टा शान्तिका लागि प्रवचन हुने संस्थाका सञ्चार संयोजक श्रीराम अधिकारीले जानकारी दिनुभयो ।
भारतीय मूलका विश्वविख्यात शान्तिका प्रेरक रावतले एक दशकअघि भक्तपुर र पोखरामा विश्व शान्तिको कामना गर्दै प्रवचन दिनुभएको थियो । विमान चालकसमेत रहनुभएका रावतका विश्व शान्तिसम्बन्धी प्रवचन एक सय १० भन्दा बढी देशमा प्रत्यक्ष प्रसारण हुँदै आएको आयोजकको दाबी छ ।
प्रवचनका क्रममा उहाँ भन्नुहुन्छ– ‘हामीले कल्पना गरेको स्वर्ग र नरक यहीँ छन् । मानिस क्रोध र अहङकारका बेला नरकमा हुन्छ, ह्दयमा प्रेम र कृतज्ञता भरिँदा यहीँ स्वर्गको अनुभव गर्न सक्छ । त्यसैले मानिसले आफ्नो जीवनमा स्वर्गको अनुभव यहीँ गर्न सक्छ ।’
उहाँका नाममा स्थापित द प्रेम रावत फाउन्डेशनले शान्ति शिक्षासम्बन्धी कार्यक्रम विश्वका ८७ बढी देशमा ४६ भाषामा सञ्चालन गरिरहेको आयोजक संस्थाले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्रीको उपस्थितिमा ग्वार्को ओभरपासको उद्घाटन
- ६१ किलो सुन तस्करी प्रकरणमा अमला रोक्का पक्राउ
- ‘फ्रि वाईफाईको खेलमा गैरकानुनी झेल’ गर्ने अधिकार कसले दियो ?
- रास्वपाद्वारा संसदबैठक बहिस्कार, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हट्यो
- आलमलाई सफाइ दिने दुई न्यायाधीश न्यायपरिषदमा तानिए
- विनयी खोलाले यात्रुवाहक बस बगायो, सबै यात्रुको सकुशल उद्धार
- त्रिदेशीय टी-२०आई : अन्तिम खेलमा नेपाल र स्कटल्याण्ड खेल्दै
- पाठकलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश
- मितेरी सहकारी ठगीमा संलग्न भण्डारीलाई कम्बोडियाबाट काठमाडौँ ल्याइयो
- नारायणगढ-बुटवल सडक खण्ड फेरि अवरुद्ध