
काठमाडौँ । वर्ष कारोबारको दोस्रो दिन आज पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेको छ । नेप्से परिसूचक बुधबार ७ दशमलव शून्य १ अंकले बढेर २ हजार ६ सय ९६ दशमलव २३ को विन्दुमा कायम भएको छ ।
आज ३ सय २९ कम्पनीको एक करोड ६६ लाख ११ हजार पाँच सय ३२ कित्ता शेयर ६४ हजार तीन सय ६० पटक खरिदबिक्री हुँदा ७ अर्ब २६ करोड ५१ लाख २२ हजार २ सय ४१ रुपैयाँको कारोबार भएको छ ।
वित्त समूहको उपसूचक शून्य दशमलव ६७, होटल तथा पर्यटन समूह शून्य दशमलव १६, लगानी शून्य दशमलव ३५, उत्पादन तथा प्रशोधन शून्य दशमलव १६, लघुवित्त शून्य दशमलव शून्य छ र अन्य समूहको उपसूचक एक दशमलव शून्य सात प्रतिशतले घटेको छ । अरु सबै समूहको उपसूचक बढेको छ ।
सबैभन्दा बढी जलविद्युत् समूह एक दशमलव ६३ र विकास बैंक समूह एक दशमलव ११ प्रतिशतले बढेको छ । बैंकिङ शून्य दशमलव ३९, जीवन बिमा शून्य दशमलव शून्य पाँच, म्युचुअल फण्ड शून्य दशमलव ३६, निर्जीवन बिमा शून्य दशमलव ५५ र व्यापार समूह शून्य दशमलव ११ प्रतिशतले बढेको छ ।
आजको कारोबारमा कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड र बलेफी हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य सबैभन्दा बढी ६ दशमलव ८१ प्रतिशतले घटेको छ ।
कारोबार रकम र सङ्ख्याका आधारमा आज सबैभन्दा बढी ङादी ग्रुप पावर लिमिटेडको ५९ करोड ४१ लाख ५३ हजार ९ सय ६० बराबरको १९ लाख ५० हजार ८ सय ६ कित्ता शेयर किनबेच भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्रीको उपस्थितिमा ग्वार्को ओभरपासको उद्घाटन
- ६१ किलो सुन तस्करी प्रकरणमा अमला रोक्का पक्राउ
- ‘फ्रि वाईफाईको खेलमा गैरकानुनी झेल’ गर्ने अधिकार कसले दियो ?
- रास्वपाद्वारा संसदबैठक बहिस्कार, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हट्यो
- आलमलाई सफाइ दिने दुई न्यायाधीश न्यायपरिषदमा तानिए
- विनयी खोलाले यात्रुवाहक बस बगायो, सबै यात्रुको सकुशल उद्धार
- त्रिदेशीय टी-२०आई : अन्तिम खेलमा नेपाल र स्कटल्याण्ड खेल्दै
- पाठकलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश
- मितेरी सहकारी ठगीमा संलग्न भण्डारीलाई कम्बोडियाबाट काठमाडौँ ल्याइयो
- नारायणगढ-बुटवल सडक खण्ड फेरि अवरुद्ध