
गण्डकी । कास्कीको मादी गाउँपालिका–१ र माछापुच्छ्रे गाउँपालिका–२ को सङ्गमस्थल ताराहिल टप क्षेत्रमा पर्यटकको सेवा सुविधालाई लक्षित गरी क्याम्पिङ साइटको शुरुवात गरिएको छ ।
नेपालकै पहिलो पर्यापर्यटन पदमार्गको रूपमा परिचित घलेखर्क सिक्लेसको ताराहिल टप क्याम्पिङ विसं २०५१ सालदेखि २०५९ सालसम्म अति व्यस्त रहेकोमा पछिल्लो समयमा सुस्ताउन थालेपछि यसको पुनःसञ्चालन गरी पर्यटकलाई आकर्षित गर्ने अभियान थालिएको हो ।
अभियान स्वरुप नयाँ वर्षको अवसरमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) भित्र पर्ने यस क्षेत्रका वडाध्यक्षद्वय देवीजंग गुरुङ र गणेश आचार्यको उपस्थितिमा एक्याप प्रधान कार्यालयबाट ताराहिल टप क्याम्पसाईट व्यवस्थापन संयुक्त उप समिति मादी १ र माछापुच्छ्रे २ लाई क्याम्प साईट व्यवस्थापनको लागि एक वर्षे स्वीकृति अनुमति दिइएको छ । उपसमितिले वार्षिक रूपमा नविकरण गर्नुपर्ने हुन्छ ।
ताराहिल टप क्षेत्रमा निर्मित माछापुच्छ्रे २ र मादी १ का दुईवटा क्याम्पिङ साइटको लागि अस्थायी संरचना निर्माण गरी सञ्चालनमा ल्याइएको छ । त्यो क्याम्पिङ साइटको माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मीन बहादुर गुरुङ, उपाध्यक्ष सीता अधिकारी, मादी १ का वडाध्यक्ष देवीजंग गुरुङ, माछापुच्छ्रे २ का वडाध्यक्ष गणेश आचार्य, उपसमितिका अध्यक्ष पानबहादुर तामाङ लगायतले संयुक्त रूपमा उद्घाटन गर्नुभयो ।
उप–समितिले एक्याप र स्थानीय तहले तोकिएका कार्यभित्र रही वार्षिक रूपमा एक्याप कार्यालयलाई जग्गा भाडा शुल्क र सम्बन्धित गाउँपालिका दर्ता शुल्क तिरि नविकरण गर्नुपर्ने हुन्छ । माछापुच्छ्रे र मादी गाउँपालिकाबीचको समन्वयात्मक वैठकले ताराहिल टप क्षेत्रमा पर्यटन प्रवर्द्धनका लागि दुईटा गाउँपालिका र एक्याप त्रिपक्ष्ीाय रूपमा समन्वय गर्नेगरी थप कार्य गर्ने निर्णयसमेत गरिएको छ ।
ताराहिल टप मादी १ को सिक्लेस, पार्चे, खिलाङ, मादी ६ को चिप्ली र तप्राङ यसैगरी मादी सातको थाकहिलबाट सजिलै पुग्न सकिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्रीको उपस्थितिमा ग्वार्को ओभरपासको उद्घाटन
- ६१ किलो सुन तस्करी प्रकरणमा अमला रोक्का पक्राउ
- ‘फ्रि वाईफाईको खेलमा गैरकानुनी झेल’ गर्ने अधिकार कसले दियो ?
- रास्वपाद्वारा संसदबैठक बहिस्कार, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हट्यो
- आलमलाई सफाइ दिने दुई न्यायाधीश न्यायपरिषदमा तानिए
- विनयी खोलाले यात्रुवाहक बस बगायो, सबै यात्रुको सकुशल उद्धार
- त्रिदेशीय टी-२०आई : अन्तिम खेलमा नेपाल र स्कटल्याण्ड खेल्दै
- पाठकलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश
- मितेरी सहकारी ठगीमा संलग्न भण्डारीलाई कम्बोडियाबाट काठमाडौँ ल्याइयो
- नारायणगढ-बुटवल सडक खण्ड फेरि अवरुद्ध