
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कुनै पनि देश करको ‘दायाराबाट बाहिर नरहेको’ चेतावनी दिनुभएको छ ।
ट्रम्पले विशेष गरी चिनियाँ आयातलाई लक्षित गरी विश्वव्यापी कर आक्रमण शुरु गरेदेखि नै विश्वका दुई ठूला अर्थतन्त्रहरूले तीव्र गतिमा कर वृद्धिको प्रतिशोधात्मक उपायलाई अपनाएको र यसले विश्वको अर्थतन्त्र उच्च जोखिमको खेलमा फसेका छ ।
‘जस्तालाई तस्तै’ व्यवहारको आदानप्रदानले चीनमाथि लगाइएको अमेरिकी कर १४५ प्रतिशतसम्म बढेको छ भने बेइजिङले अमेरिकी आयातमा प्रतिशोधात्मक १२५ प्रतिशत कर लगाएको छ ।
अमेरिकी पक्षले शुक्रबार स्मार्टफोन, ल्यापटप, सेमीकन्डक्टर र अन्य इलेक्ट्रोनिक उत्पादनको लागि कर छूटको सूची दिँदै दबाबलाई केही कम गरेको थियो । यी उत्पादनका लागि चीन एक प्रमुख स्रोत हो ।
ट्रम्प र उहाँका केही शीर्ष सहयोगीले ९० दिन कर छूटको गलत अर्थ लगाइएको आइतबार बताएका छन् । यो अस्थायी मात्र हुनेछ किनकि ट्रम्पको टोलीले सूचीका धेरै वस्तुमा नयाँ कर लगाउने दिशामा छलफल गरिरहेको छ ।
‘चीन मात्र होइन, विशेष गरी जसले अहिलेसम्म हामीलाई करका हिसाबले सबैभन्दा खराब व्यवहार गर्दछ’ कोही पनि ‘कर वृद्धि’को जोखिमबाट टाढा छैन, अमेरिकी राष्ट्रपतिले शनिबार राति आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोशल प्लेटफर्म’मा जारी सन्देशमा भन्नुभएको छ ।
यसअघि बेइजिङको वाणिज्य मन्त्रालयले शुक्रबारको कदमले ‘एउटा सानो कदममात्र हो’ भन्दै ट्रम्प प्रशासनले सम्पूर्ण कर रणनीति ‘पूर्ण रूपमा रद्द’ गर्नुपर्नेमा जोड दिएको थियो। अमेरिकाले शुक्रबार स्मार्टफोन, कम्प्युटर र अन्य इलेक्ट्रोनिक्स सामानलाई ‘पारस्परिक’ करबाट छुट दिएको थियो । यसले लोकप्रिय उच्च प्रविधियुक्त उत्पादनका लागि अमेरिकी उपभोक्तामा पर्ने लागत प्रभावलाई कम गरेको छ ।
अमेरिकी भन्सार तथा सीमा सुरक्षा कार्यालयले शुक्रबार राति जारी गरेको सूचनामा चीनबाट अमेरिका भित्रिने स्मार्टफोन र अन्य प्रविधिजन्य सामान लगायत विभिन्न इलेक्ट्रोनिक सामानमा १४५ प्रतिशत थप कर लगाएको थियो ।
सेमीकन्डक्टरलाई अधिकांश अमेरिकी व्यापारिक साझेदारहरूमा ‘आधारभूत’ १० प्रतिशत कर र चीनमा थपिएको १२५ प्रतिशत करबाट पनि बाहिर राखिएको छ ।
नयाँ छुटले एनभिडिया र डेल जस्ता अमेरिकी टेक कम्पनीका साथै चीनमा आईफोन र अन्य प्रिमियम उत्पादनहरू बनाउने एप्पललाई फाइदा पुर्याउनेछ।
अल्पकालिक राहत
अमेरिकी राष्ट्रिय प्रतिरक्षा सञ्जालका लागि महत्वपूर्ण मानिएका वस्तुमा आगामी क्षेत्र–विशिष्ट करको लागि लक्षित प्राप्त केही छूट इलेक्ट्रोनिक्स उपभोक्ताका लागि अल्पकालिक राहत हुन सक्छ।
‘हामी आगामी राष्ट्रिय सुरक्षा कर अनुसन्धानमा सेमीकन्डक्टर र सम्पूर्ण इलेक्ट्रोनिक्स आपूर्ति श्रृङ्खलालाई हेरिरहेका छौँ’ ट्रम्पले आइतबार भन्नुभयो ।
अमेरिकी राष्ट्रपति ट्रम्पले सोमबार ‘अति विशिष्ट’ विवरण दिने बताउनुभएको छ भने उहाँका वाणिज्यमन्त्री हावर्ड लुटनिकले सेमीकन्डक्टर कर ‘एक वा दुई महिनाभित्र’ लागू हुने बताउनुभएको छ ।
सबै अमेरिकी व्यापार असन्तुलनलाई शून्यमा ल्याउने उद्देश्यले करको लागि प्रशासनिक शब्द प्रयोग गद लुटनिकले भन्नुभयो– ‘फार्मास्युटिकल उत्पादन ‘पारस्परिक’ करभन्दा बाहिर पनि हुन सक्नेछन्।’
अमेरिकी राष्ट्रपति ट्रम्पले यस महिनाको शुरुमा दर्जनौं व्यापारिक साझेदारमाथि व्यापक आयात करको घोषणा गरेर वित्तीय बजारलाई एकपछि अर्को गर्दै ९० दिनको विरामको घोषणा गरेका थिए।
चीनलाई त्यो छूटबाट बाहिर राखिएको छ ।
ह्वाइट हाउसले ट्रम्प चीनसँग सम्झौता हुनेमा आशावादी रहेको बताएको छ, यद्यपि अमेरिकी अधिकारीहरूले यसका लागि बेइजिङले पहिले सम्पर्क गर्नुपर्ने बताएका छन् ।
ट्रम्पका व्यापार प्रतिनिधि जेमिसन ग्रीरले आइतबार सीबीएस ‘फेस द नेसन’ सँग कुरा गर्दै अमेरिकी राष्ट्रपति ट्रम्प र उहाँका चिनियाँ समकक्षी सी चिनफिङबीच वार्ताका लागि तत्काल कुनै योजना नभएको बताउनुभएको छ । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्रीको उपस्थितिमा ग्वार्को ओभरपासको उद्घाटन
- ६१ किलो सुन तस्करी प्रकरणमा अमला रोक्का पक्राउ
- ‘फ्रि वाईफाईको खेलमा गैरकानुनी झेल’ गर्ने अधिकार कसले दियो ?
- रास्वपाद्वारा संसदबैठक बहिस्कार, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हट्यो
- आलमलाई सफाइ दिने दुई न्यायाधीश न्यायपरिषदमा तानिए
- विनयी खोलाले यात्रुवाहक बस बगायो, सबै यात्रुको सकुशल उद्धार
- त्रिदेशीय टी-२०आई : अन्तिम खेलमा नेपाल र स्कटल्याण्ड खेल्दै
- पाठकलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश
- मितेरी सहकारी ठगीमा संलग्न भण्डारीलाई कम्बोडियाबाट काठमाडौँ ल्याइयो
- नारायणगढ-बुटवल सडक खण्ड फेरि अवरुद्ध