
कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा जारी तेस्रो मुख्यमन्त्री पुरुष राष्ट्रिय भलिबल प्रतियोगितामा तीन विभागीय टोली र गण्डकी प्रदेश सेमिफाइनलमा प्रवेश गरेका छन् ।
शुक्रबार बिहान पहिलो सेमिफाइनल खेल नेपाल पुलिस क्लब र गण्डकी प्रदेशबीच तथा दोस्रो सेमिफाइनल खेल नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लबबीच हुने भलिबल प्रशिक्षक जगदीशप्रसाद भट्टले जानकारी दिए । लिग चरणका खेलमा आज पुलिस क्लबले आर्मीलाई ३–० सेटले तथा एपिएफ क्लबले गण्डकीलाई ३–० सेटले नै पराजित गरेका थिए ।
शनिबार फाइनल खेल हुने छ । प्रतियोगिताको विजेताले रु चार लाख, उपविजेताले रु दुई लाख तथा तृतीय हुने टोलीले रु एक लाख पुरस्कार प्राप्त गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै
- आज २५६९ औं बुद्ध जयन्ती मनाइँदै
- यी हुन् राजसंस्था पुन:स्थापना संयुक्त जनआन्दोलन समितिको बैठक निर्णयहरु
- गृहमन्त्रीको साथी बनेर कर्मचारीलाई धम्काउने पक्राउ
- प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पारित
- वैशाख २८ मा प्रधानमन्त्रीले राष्ट्रियसभामा सम्बोधन गर्ने
- पूर्वमन्त्री प्रदीप नेपालको निधन
- खुले सरकारी विद्यालय