
काठमाडौँ । चिनियाँ राष्ट्रपति सी जिनपिङ र स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजबीच बेइजिङमा भेटवार्ता भएको छ । राष्ट्रपति सी र स्पेनिश प्रधानमन्त्री सान्चेजबीच शुक्रबार भेटवार्ता भएको बेइजिङको सरकारी समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।
युरोपेली सङ्घ (इयु) ले गत साता घोषणा गरिएको अमेरिकी आयात भन्सार शुल्कले विश्व बजारलाई तल झारेको उथलपुथलको सामना गर्दै आफ्नो विश्वव्यापी व्यापारिक सम्बन्धलाई पुनर्विचार गरिरहेको समयमा सान्चेजको यो भ्रमण भएको छ ।
समाजवादी प्रधानमन्त्री सान्चेज दुई वर्षभन्दा कम समयमा तेस्रो पटक चीन भ्रमणमा आउनुभएको हो । स्पेनले आफ्नो चौथो ठूलो व्यापारिक साझेदार चीनबाट हरेक वर्ष करिब ४५ अर्ब युरो (४९ अर्ब १० करोड डलर) को सामान खरिद गर्छ तर करिब सात अर्ब ४० करोड युरो मूल्यको सामान बिक्री गर्छ ।
सान्चेजले सन् २०२४ सेप्टेम्बरमा चीनको आफ्नो अन्तिम भ्रमणमा युरोपेली सङ्घका बाँकी सदस्यहरूसँग सम्बन्ध तोड्नुभएको थियो र चिनियाँ विद्युतीय कारहरूमा उच्च भन्सार शुल्क लगाउने योजनामा पुनर्विचार गर्न र ‘निष्पक्ष व्यापार व्यवस्था’ का लागि आह्वान गर्नुभएको थियो । इयुले सरकार समर्थित चिनियाँ कम्पनीबाट हुने अनुचित प्रतिस्पर्धाबाट युरोपेली उत्पादकहरूलाई जोगाउन भन्सार शुल्क आवश्यक रहेको तर्क गरेको थियो उहाँको चीन भ्रमण भियतनामको भ्रमणपछि भएको हो ।
भियतनामको राजधानी हनोईमा बुधबार उहाँ र समकक्षी फाम मिन्ह चिन्हले व्यापक रणनीतिक साझेदारीको स्तरमा पुर्याउने उद्देश्यले संयुक्त घोषणापत्रमा हस्ताक्षर गर्नुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्रीको उपस्थितिमा ग्वार्को ओभरपासको उद्घाटन
- ६१ किलो सुन तस्करी प्रकरणमा अमला रोक्का पक्राउ
- ‘फ्रि वाईफाईको खेलमा गैरकानुनी झेल’ गर्ने अधिकार कसले दियो ?
- रास्वपाद्वारा संसदबैठक बहिस्कार, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हट्यो
- आलमलाई सफाइ दिने दुई न्यायाधीश न्यायपरिषदमा तानिए
- विनयी खोलाले यात्रुवाहक बस बगायो, सबै यात्रुको सकुशल उद्धार
- त्रिदेशीय टी-२०आई : अन्तिम खेलमा नेपाल र स्कटल्याण्ड खेल्दै
- पाठकलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश
- मितेरी सहकारी ठगीमा संलग्न भण्डारीलाई कम्बोडियाबाट काठमाडौँ ल्याइयो
- नारायणगढ-बुटवल सडक खण्ड फेरि अवरुद्ध