
नेपालगञ्ज । नेपालगञ्ज उमहानगरपालिका– २ स्थित हनुमानगढीमा हनुमान जयन्तीको अवसरमा हनुमान जयन्ती शुरु गरिएको छ ।
अखण्ड रामायण पाठ, अष्टयाम सङ्कीर्तन एवं निशान पुजनसहित सुरु भएको हनुमान जयन्तीमा भारतको कानपुरबाट आएको १२ जनाको टोलीले विशेष झाँकी, श्रीराम भजन, ताण्डव नृत्य लगायत कथा प्रवचन गर्ने हनुमानगढी मन्दिर सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष सुदिप भट्टराईले जानकारी दिनुभयो ।
त्यसक्रममा भजनकीर्तनसहित मञ्चमा हनुमान चालिसा, सुन्दरकाण्डलगायत कथा प्रवचन निरन्तर होम हुने उल्लेख गर्दै भट्टराईले काठमाडौँ, विराटनगर, बुटवल, सुर्खेत, सल्यान, भारतको बहराइच, सेराबस्ती, गोन्डालगायत क्षेत्रबाट यहाँ भक्तजनको सहभागिता रहने बताउनुभयो ।
हनुमान जयन्तीको अन्तिम दिन शोभायात्रापछि करिब १२ हजारका लागि भण्डारा (भोजन) को समेत व्यवस्थापन गरिएको छ ।
हनुमानगढीका थानापति महन्थ उमेश गिरीले यस्तो पवित्र स्थानमा भौतिक संरचनाको विकास नभएको गुनासो गर्नुभयो । विगतमा फोहर व्यवस्थापन गर्ने, कुस्ती खेल्ने ठाउँ र बाल्दा नामको ऐतिहासिक तलाउ रहे पनि ऋषिमुनिको आगमनपछि पाँच करोड गायत्री मन्त्रको जप भएको स्थानका रूपमा रहेकाले यसको महिमा उचो रहेको उहाँले बताउनुभयो ।
मन्दिर सञ्चालन तथा व्यवस्थापन समितिका सचिव विश्वराज तिवारीले धार्मिक क्षेत्रमा हनुमानगढीको गरिमा बढ्दै जाँदा यसले धार्मिक पर्यटनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
हनुमाज जयन्तीको अन्तिम दिन अर्थात् शनिबार बिहान शोभायात्रासहितको धार्मिक झाँकीले बजार परिक्रमा गर्ने उहाँले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- खुले सरकारी विद्यालय
- आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुदै
- दुम्कीबासमा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
- विद्यालय कर्मचारी परिषदद्वारा आन्दोलनको घोषणा
- नीति तथा कार्यक्रमका लागि संसदमा पूर्वाभ्यास सम्पन्न
- केआइआइटीमा नेपाली छात्राको मृत्यु : परराष्ट्रले थाल्यो कूटनीतिक पहल
- मन्त्रिपरिषद् बैठक र राज्यमन्त्रीको शपथ स्थगित
- कोशी प्रदेशमा लगानीको प्रचुर सम्भावना छ : प्रधानमन्त्री
- शिक्षक महासंघले गरेको सम्झौतामा विद्यालय कर्मचारी परिषद्को असहमति
- रोजगारी वृद्धि गर्नेगरी नीति तथा कार्यक्रम ल्याउन देउवाको सुझाव