
काठमाडौँ । तेस्रो अन्तर्राष्ट्रिय यातायात सम्मेलन आजदेखि हुँदैछ । सोसाइटी अफ ट्रान्सपोर्ट इन्जिनियर्स नेपालको आयोजनामा तेस्रो अन्तर्राष्ट्रिय यातायात सम्मेलन–२०२५ गर्न लागिएको छ । सम्मेलन चैत ३१ गतेसम्म चल्ने छ ।
सम्मेलन सोसाइटी अफ ट्रान्सपोर्ट इन्जिनियर्स नेपालको आयोजना, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सहरी विकास मन्त्रालयको सहआयोजना रहेको छ । सोसाइटी अफ ट्रान्सपोर्ट इन्जिनियरर्स नेपालका अध्यक्ष डा हरेराम श्रेष्ठले यातायात सुरक्षालाई प्राथमिकतामा राख्दै दिगो र सुरक्षित यातायातको नीति निर्माण तर्जुको पक्षपोषण गर्नु सम्मेलनको उद्देश्य रहेको जानकारी दिनुभएको छ ।
यातायातका विज्ञ, नीति निर्माता, प्रविधि, नवप्रवर्तनकर्ता र सरोकारवाला निकायबीच सहकार्यको माध्यमबाट प्रभावकारी समाधानको उपाय पहिचान गर्दै समग्र यातायातको सुधार, भविष्यमा अपनाउनुपर्ने रणनीतिबारे गहन छलफल गरिने छ ।
सार्वजनिक यातायात सुधार यातायात सेवालाई सर्वसुलभ, प्रभावकारी र वातावरणमैत्री बनाउन पहल गर्ने, स्मार्ट यातायात प्रणालीको प्रवर्द्धन कृत्रिम बुद्धिमत्ता र बौद्धिक यातायात प्रणालीको प्रयोगद्वारा स्मार्ट यातायात सेवा विस्तार गर्ने, उत्थानशील पूर्वाधारको विकास प्राकृतिक प्रकोप, जलवायु परिवर्तन तथा अन्य विपद्हरूको सामना गर्न सक्ने यातायात प्रणालीको निर्माण गर्नु सम्मेलनको प्रमुख ध्येय छ ।
अन्तर्राष्ट्रिय सम्मेलनले यातायात क्षेत्रलाई सुरक्षित, दिगो, प्रभावकारी र उत्थानशील बनाउने दिशामा महत्त्वपूर्ण भूमिका खेल्ने आयोजकको विश्वास रहेको छ ।
विभिन्न सरोकारवालासँग सहकार्य गरी प्रभावकारी नीति निर्माण, प्रयोग र यातायात सञ्चालनमा सुधारका उपाय खोजिने र सम्मेलनले नेपालको यातायात प्राणालीलाई अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी बनाउन योगदान गर्ने अपेक्षा लिइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्रीको उपस्थितिमा ग्वार्को ओभरपासको उद्घाटन
- ६१ किलो सुन तस्करी प्रकरणमा अमला रोक्का पक्राउ
- ‘फ्रि वाईफाईको खेलमा गैरकानुनी झेल’ गर्ने अधिकार कसले दियो ?
- रास्वपाद्वारा संसदबैठक बहिस्कार, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हट्यो
- आलमलाई सफाइ दिने दुई न्यायाधीश न्यायपरिषदमा तानिए
- विनयी खोलाले यात्रुवाहक बस बगायो, सबै यात्रुको सकुशल उद्धार
- त्रिदेशीय टी-२०आई : अन्तिम खेलमा नेपाल र स्कटल्याण्ड खेल्दै
- पाठकलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश
- मितेरी सहकारी ठगीमा संलग्न भण्डारीलाई कम्बोडियाबाट काठमाडौँ ल्याइयो
- नारायणगढ-बुटवल सडक खण्ड फेरि अवरुद्ध