
कास्की। पोखरा रङ्गशालामा जारी दोस्रो संस्करणको ‘केपी ओली कप’ राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा सिइसी काठमाडौँ सेमिफाइनलमा प्रवेश गरेको छ ।
मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा भइरहेको उक्त प्रतियोगिताको आज भएको खेलमा काठमाडौँले पोखरा महानगरपालिका क्रिकेट क्लबलाई नौ विकेटले हराउँदै अन्तिम चारमा स्थान बनाउन सफल भएको हो । प्रतियोगितको समूह ‘ए’ मा रहेको काठमाडौँले समूहका आफ्ना तीनवटै खेलमा जित निकाल्दै समूह विजेतासमेत बनेको छ ।
घरेलु टोली पोखराले सुरुआतमा टस जितेर ब्याटिङ गर्दै १७ ओभरको दोस्रो बलमा सबै विकेट गुमाएर ५३ रन मात्र बनाउन सक्यो । यस क्रममा काठमाडौँका दीपेन्द्र रावत र युनिशविक्रमसिंह ठकुरीले तीन–तीन विकेट लिए ।
जितका लागि ५४ रनको झिनो लक्ष्य काठमाडौँले चार ओभरको दोस्रो बलमा एक विकेट गुमाउँदै पूरा गर्यो । काठमाडौँका कप्तान रित गौतमले आक्रामक पारी खेल्दै १५ बलमा ३६ रनको योगदान दिए ।
यसैगरी समूह ‘ए’ को दोस्रो खेलमा हेटौँडा स्पोर्टस् एकेडेमीले स्याङ्जा क्रिकेट क्लबलाई पाँच विकेटले हराएको छ । जितका लागि आवश्यक १७७ रनको लक्ष्य हेटौँडाले १८ ओभरको चौथो बलमा पाँच विकेट गुमाउँदै भेट्टायो । हेटौँडाको जितमा अकिलेश ठाकुरले ५२ रनको अविजित अर्धशतकीय पारी खेले । उनले २७ बलमा छ चौका र तीन छक्का प्रहार गरे । रामनरेश गिरीले २० रनको अविजित पारी खेले । यसैगरी युविन बुढाथोकीले ३० रन जोडे ।
बलिङतर्फ स्याङ्जाका सुजन गौतमले दुई तथा मिलन लुइँटेल, सन्दीप खत्री क्षेत्री र अस्विनी रानाले एक–एक विकेट लिए । टस जितेर पहिला ब्याटिङ गरेको स्याङ्जाले १९ ओभरको पाँचौँ बलमा सवै विकेट गुमाएर १७६ रन बनायो । बलिङर्फ हेटौँडाका असिम श्रेष्ठले चार ओभरमा २७ रन खर्चेर सर्वाधिक पाँच विकेट लिए । अकिलेश ठाकुरले दुई तथा अलि मन्सुरी र रामनरेश गिरीले एक–एक विकेट लिए ।
मङ्गलबार समूह ‘बी’ मा रहेको ग्रेट हिमालय क्रिकेट एकेडेमी र हिमालयन क्रिकेट एकेडेमीबीच पहिलो खेल तथा सोही समूहअन्तर्गत रहेको गण्डकी हिरोज र चितवन क्रिकेट क्लबबीच दोस्रो खेल हुने आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमीले जनाएको छ ।
यही चैत २३ गतेदेखि सुरु भएको प्रतियोगितामा १६ टोली सहभागी छन् । विजेताले रु १० लाख र उपविजेताले रु पाँच लाख पुरस्कार प्राप्त गर्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्रीको उपस्थितिमा ग्वार्को ओभरपासको उद्घाटन
- ६१ किलो सुन तस्करी प्रकरणमा अमला रोक्का पक्राउ
- ‘फ्रि वाईफाईको खेलमा गैरकानुनी झेल’ गर्ने अधिकार कसले दियो ?
- रास्वपाद्वारा संसदबैठक बहिस्कार, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हट्यो
- आलमलाई सफाइ दिने दुई न्यायाधीश न्यायपरिषदमा तानिए
- विनयी खोलाले यात्रुवाहक बस बगायो, सबै यात्रुको सकुशल उद्धार
- त्रिदेशीय टी-२०आई : अन्तिम खेलमा नेपाल र स्कटल्याण्ड खेल्दै
- पाठकलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश
- मितेरी सहकारी ठगीमा संलग्न भण्डारीलाई कम्बोडियाबाट काठमाडौँ ल्याइयो
- नारायणगढ-बुटवल सडक खण्ड फेरि अवरुद्ध