
दार्चुला । दार्चुलामा आप्रवासी स्रोत केन्द्र सञ्चालनमा आएको छ । सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयद्वारा सञ्चालित सुरक्षित आप्रवासन कार्यक्रम सामीको सहयोगमा जिल्ला प्रशासन कार्यालयमा रहने गरी केन्द्र सञ्चालनमा ल्याइएको हो ।
आज एक कार्यक्रमबीच केन्द्रको उद्घाटन गर्दै सुदूरपश्चिम प्रदेशकी सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले वैदेशिक रोजगारीका विषयमा जानकारी नहुँदा कतिपय नागरिक ठगिएको भन्दै उहाँले स्रोत केन्द्रले सुरक्षित वैदेशिक रोजगारीमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
सामी परियोजनाका प्रदेश कार्यक्रम अधिकृत पञ्चराम चौधरीले सुरक्षित वैदेशिक रोजगारी, रोजगारीमा जान आवश्यक पर्ने कागजपत्रबारे जानकारी, परामर्श, सहजीकरण गर्नेलगायत कामका लागि केन्द्रको स्थापना गरिएको जानकारी दिनुभयो । केन्द्रले सुरक्षित वैदेशिक रोजगारीका लागि सूचना र परामर्श सेवा उपलब्ध गराउनाका साथै वैदेशिक रोजगारीमा भइरहेको ठगी कम गराउने र ठगीमा परेकालाई क्षतिपूर्ति उपलब्ध गराउन, मृत्यु वा अङ्गभङ्ग भएका कामदारको हकमा वैदेशिक रोजगार बोर्ड, सम्बन्धित निकायबाट प्रदान गर्ने आर्थिक सहायताका लागि सिफारिससमेत उपलब्ध गराउने बताउनुभयो ।
सुदूरपश्चिमका सबै जिल्लामा आप्रवासी स्रोत केन्द्र सञ्चालनमा ल्याउने उद्देश्य रहेको र केही जिल्लामा सञ्चालनमा आइसकेका अधिकृत चौधरीले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- खुले सरकारी विद्यालय
- आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुदै
- दुम्कीबासमा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
- विद्यालय कर्मचारी परिषदद्वारा आन्दोलनको घोषणा
- नीति तथा कार्यक्रमका लागि संसदमा पूर्वाभ्यास सम्पन्न
- केआइआइटीमा नेपाली छात्राको मृत्यु : परराष्ट्रले थाल्यो कूटनीतिक पहल
- मन्त्रिपरिषद् बैठक र राज्यमन्त्रीको शपथ स्थगित
- कोशी प्रदेशमा लगानीको प्रचुर सम्भावना छ : प्रधानमन्त्री
- शिक्षक महासंघले गरेको सम्झौतामा विद्यालय कर्मचारी परिषद्को असहमति
- रोजगारी वृद्धि गर्नेगरी नीति तथा कार्यक्रम ल्याउन देउवाको सुझाव