
काठमाडौँ । यू–१९ क्रिकेट प्रतियोगितामा नेपाल अफगानिस्तानसँग पराजित भएको छ । मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल अफगानिस्तानसँग १३० रनको फराकिलो अन्तरले पराजित भएको हो ।
जितसँगै अफगानिस्तानले तीन खेलको शृङ्खलाको अभ्यास खेलमा १–० को अग्रता बनाएको छ । अफगानिस्तानले दिएको ३०१ रनको लक्ष्य पछ्याएको नेपाल ४६ दशमलव २ ओभरमा सबै विकेट गुमाउदै १७० रनमा समेटियो । नेपालका लागि ओपनर निरजकुमार यादवले ६१ बलमा ४ चौका र २ छक्काको सहयोगमा ५३ रनको अर्धशतकीय पारी खेले भने सन्तोष यादवले ३९ बलमा १ चौकाको सहयोगमा २४ रन बनाए । त्यस्तै अशोक धामीले २४, अभिषेक तिवारीले १७ तथा कप्तान नरेन भट्टले १३ रन जोडे ।
नेपाललाई १७० रनमा समेट्नेक्रममा अफगानिस्तानका वाहिदुल्लाह जाद्रान, जियाउल्लाह शाहीदी र मेहबुब खानले समान दुई ÷दुई विकेट लिए । त्यस्तै अब्दुल अजिज, नोरिस्तानि उमजाईं र नजिफुल्लाह अमिरिले समान एक ÷एक विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३०० रन बनाएको थियो । अफगानिस्तानका लागि फैसल खान शिनोजादाले सर्वाधिक ९७ रनको योगदान दिए । उनले ८८ बलमा ९ चौका र चार छक्काको मद्दतमा ९७ रन बनाएका हुन । त्यसैगरी खालिद अहमदजाईले १०७ बलमा ६ चौकासहित ७६, बर्खत इब्राहिमजाईले ३५, उजाइरुल्लाहले २४, अजिज मिय खहिलले २१ र नजिफउल्लाह अमिरीले १० रन बनाए ।
नेपालका लागि सन्तोष यादवले तीन विकेट लिए भने अभिषेक तिवारीले दुई तथा दयानन्द मण्डल र विपिनप्रसाद शर्माले समान एक÷एक विकेट लिए । नेपाल र अफगानिस्तान यु १९ पुरुष विश्वकपको एसिया छनोटको तयारीमा छन् । जसअन्तर्गत छनोटअघि दुवै टोलीले तीन खेलकोे अभ्यास शृङ्खला खेल्न लागेका हुन् ।
अब शृङ्खलाको दोस्रो खेल चैत २४ गते हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग
- सभामुख घिमिरे र सांसद सिंहबीच नोकझोक, रेष्टमबाटै भनाभन
- सिङ्गापुरविरुद्ध नेपालको शानदार जित
- फेरी भाँचियो तामाकोसीमा निर्माणाधिन पक्की पुल
- सुनको मूल्य बढ्यो, चाँदी घट्यो
- प्रतिनिधिसभा बैठकमा रास्वपाद्वारा आज पनि वेल घेराउ र नाराबाजी
- वर्ल्डलिङ्कका सीईओलाई प्रश्न : ‘फ्रि वाईफाईको खेलमा गैरकानुनी झेल’ गर्ने अधिकार कसले दियो ?
- रास्वपाद्वारा संसदबैठक बहिस्कार, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हट्यो
- आलमलाई सफाइ दिने दुई न्यायाधीश न्यायपरिषदमा तानिए