
काठमाडौँ । नेपाल उद्योग परिसङ्घ (सिएनआई) र थाई उद्योग महासङ्घ (एफटीआई) बीच लगानी प्रवद्र्धन तथा सहकार्य सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक थाइल्याण्ड भ्रमणमा दुई देशका निजी क्षेत्रबीच लगानी प्रवद्र्धन, आर्थिक तथा व्यावसायिक सम्बन्ध विस्तारका लागि समझदारी भएको सिएनआईले जनाएको छ ।
समझदारीपत्रमा परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवाल र एफटीआईका अध्यक्ष क्रियेंग्राई थेननुकुलले हस्ताक्षर गर्नुभयो । ‘लगानी तथा व्यापार प्रवद्र्धनसँगै आर्थिक तथा व्यापारसम्बन्धी अध्ययन, अनुसन्धान, तालिम तथा क्षमता विकास, कानुनी, नीतिगत विषयमा जानकारी आदान–प्रदान लगायतमा सहकार्य गर्न दुई संस्थाबीच समझदारी भएको हो’ परिसङ्घद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।
विदेशी लगानीकर्ताका लागि नेपाल उपयुक्त गन्तव्य मुलुक भएकाले यो समझदारीले थाइल्याण्डको लगानी भित्र्याउन सहयोग गर्ने विश्वास परिसङ्घका अध्यक्ष अग्रवालले गर्नुभयो । लगानी प्रवद्र्धन गर्न सहयोग गर्ने गरी सरकारले कानुनमा सुधार गरेको र यसबाट लगानीकर्ताले फाइदा लिन सक्ने उहाँको भनाइ छ ।
दुई संस्थाबीच भएको समझदारीपत्र हस्ताक्षर समारोहमा थाइल्याण्ड भ्रमणमा रहनुभएका नेपाली प्रतिनिधि सहभागी हुनुहुन्थ्यो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग
- सभामुख घिमिरे र सांसद सिंहबीच नोकझोक, रेष्टमबाटै भनाभन
- सिङ्गापुरविरुद्ध नेपालको शानदार जित
- फेरी भाँचियो तामाकोसीमा निर्माणाधिन पक्की पुल
- सुनको मूल्य बढ्यो, चाँदी घट्यो
- प्रतिनिधिसभा बैठकमा रास्वपाद्वारा आज पनि वेल घेराउ र नाराबाजी
- वर्ल्डलिङ्कका सीईओलाई प्रश्न : ‘फ्रि वाईफाईको खेलमा गैरकानुनी झेल’ गर्ने अधिकार कसले दियो ?
- रास्वपाद्वारा संसदबैठक बहिस्कार, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हट्यो