
काठमाडौँ । अन्तर्राष्ट्रिय रेडक्रस तथा रेड क्रिसेन्ट सोसाइटीले म्यानमारमा गएको विनाशकारी भूकम्प पीडितको सहयोगका लागि १० करोड अमेरिकी डलरभन्दा बढीको आपतकालीन सहायताका लागि आइतबार अपिल गरेको छ ।
विश्वको सबैभन्दा ठूलो मानवीय सञ्जाल आईएफआरसीले शुक्रबार मध्य शहर मान्डले नजिकै गएको ७।७ म्याग्निच्यूडको भूकम्पमा म्यान्मामा व्यापक क्षति पुगेको जनाइएको छ ।
आईएफआरसीले भनेको छ– ‘सहयोगका लागि आईएफआरसीले १० करोड स्विस फ्रान्क (एघार करोड ५० लाख) को आपतकालीन रकमको माग गर्दछ । रकम करिब २० हजार घरपरिवारका एक लाख व्यक्तिलाई आगामी २४ महिनाका लागि जीवन–बचत राहत र प्रारम्भिक उद्धार सहायताको लागि खर्च गरिनेछ ।’
तापक्रम वृद्धि र केही साताभित्र मनसुनको मौसम नजिकिँदै गरेकोले ‘गौण सङ्कट आउनुअघि’ प्रभावित समुदायलाई तत्काल व्यवस्थापन गर्न आवश्यक रहेको प्रतिवेदनमा उल्लेख छ ।
‘यो विपत्ति मात्र होइन’ आईएफआरसीका एसिया प्रशान्त क्षेत्रीय निर्देशक अलेक्जेन्डर माथेउले भन्नुभयो– ‘यो एक जटिल मानवीय सङ्कट हो।’
म्यानमारले अझै पनि आन्तरिक विस्थापन र खाद्य असुरक्षाको सामना गरिरहेको छ। यो भूकम्पले पहिलेदेखिको कमजोर आर्थिक अस्थालाई झनै विकराल बनाएको छ । विश्व समुदायले साहसिक र दिगो प्रतिक्रियाका लागि सहायता गर्न अघि बढ्नुपर्छ ।
म्यान्मा रेडक्रस सोसाइटीले खोजी तथा उद्धार कार्य शुरु गर्नका लागि स्थानीय स्तरमा उपलब्ध तालिम प्राप्त स्वयंसेवक परिचालन गरेको विज्ञप्तिमा उल्लेख छ ।
स्वयंसेवकले प्राथमिक उपचार गर्ने, अस्पतालपूर्व हेरचाह प्रदान गर्ने, कम्बल, त्रिपाल र हाइजिन किटजस्ता आपतकालीन राहत सामग्री वितरण गर्ने र घुम्ती स्वास्थ्य टोली तैनाथ गरिरहेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग
- सभामुख घिमिरे र सांसद सिंहबीच नोकझोक, रेष्टमबाटै भनाभन
- सिङ्गापुरविरुद्ध नेपालको शानदार जित
- फेरी भाँचियो तामाकोसीमा निर्माणाधिन पक्की पुल
- सुनको मूल्य बढ्यो, चाँदी घट्यो
- प्रतिनिधिसभा बैठकमा रास्वपाद्वारा आज पनि वेल घेराउ र नाराबाजी
- वर्ल्डलिङ्कका सीईओलाई प्रश्न : ‘फ्रि वाईफाईको खेलमा गैरकानुनी झेल’ गर्ने अधिकार कसले दियो ?
- रास्वपाद्वारा संसदबैठक बहिस्कार, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हट्यो