
काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले हङ्गेरीको भ्रमण गर्नु हुने भएको छ ।
प्रधानमन्त्री नेतान्याहुले गाजामा भएको कथित युद्ध अपराधको आरोपमा अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) ले जारी गरेको पक्राउ पूर्जीको अवज्ञा गर्दै आगामी अप्रिल २ मा हङ्गेरीको भ्रमण गर्न लाग्नु भएको हो । भ्रमणका क्रममा नेतन्याहूले हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओर्बान र हङ्गेरीका अन्य वरिष्ठ अधिकारीसँग वार्ता गर्ने कार्यक्रम छ ।
गत वर्ष आइसिसीले पक्राउ पुर्जी जारी गरे पनि ओर्बानले नेतन्याहूलाई निमन्त्रणा दिनुभएको थियो । आइसिसीको निर्णयको एक दिनपछि गत नोभेम्बरमा नेतन्याहूले निमन्त्रणा दिने ‘नैतिक स्पष्टता’ देखाएकोमा ओर्बानलाई धन्यवाद दिनुभएको थियो ।
हङ्गेरीका प्रधानमन्त्री नेतन्याहूले आइसिसीको निर्णयलाई ‘लज्जास्पद’ कदम भन्दै निन्दा गरेको ओर्बानको पत्र नेतन्याहूको कार्यालयले सार्वजनिक गरेको थियो । गाजामा हमासविरुद्ध इजरायलको युद्धमा मानवताविरुद्धको अपराध र भोकमरीलगायत युद्ध अपराध गरेको आरोपमा आइसिसीले नेतन्याहू र पूर्व रक्षामन्त्री योआभ ग्यालेन्टविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो ।
सन् २०२३ को अक्टोबर ७ मा प्यालेस्टिनी लडाकू समूहले इजरायलविरुद्ध गरेको आक्रमणपछि यो युद्ध शुरु भएको थियो । हङ्गेरीले सन् १९९९ मा आइसिसीको स्थापना गर्ने अन्तर्राष्ट्रिय सन्धि रोम विधानमा हस्ताक्षर गरेको थियो र त्यसको दुई वर्षपछि ओर्बानको पहिलो कार्यकालमा यसलाई अनुमोदन गरेको थियो ।
बुडापेस्टले संवैधानिकताको कारण देखाउँदै सम्बन्धित महासन्धि जारी गरेको छैन र आईसीसीको निर्णय पालना गर्न बाध्य छैन। एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग
- सभामुख घिमिरे र सांसद सिंहबीच नोकझोक, रेष्टमबाटै भनाभन
- सिङ्गापुरविरुद्ध नेपालको शानदार जित
- फेरी भाँचियो तामाकोसीमा निर्माणाधिन पक्की पुल
- सुनको मूल्य बढ्यो, चाँदी घट्यो
- प्रतिनिधिसभा बैठकमा रास्वपाद्वारा आज पनि वेल घेराउ र नाराबाजी
- वर्ल्डलिङ्कका सीईओलाई प्रश्न : ‘फ्रि वाईफाईको खेलमा गैरकानुनी झेल’ गर्ने अधिकार कसले दियो ?
- रास्वपाद्वारा संसदबैठक बहिस्कार, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हट्यो