
बैतडी । जिल्लाको पाटन नगरपालिकाका तीनवटा स्वास्थ्य संस्थामा प्रजनन स्वास्थ्य शिविर आयोजना गरिने भएको छ ।
पाटन प्राथमिक स्वास्थ्य केन्द्र, वसन्तपुर स्वास्थ्य चौकी र सिद्धेश्वर स्वास्थ्य चौकी खोडपेमा महिलाका लागि निःशुल्क प्रजनन स्वास्थ्य शिविर सञ्चालन गरिने भएको हो ।
नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले नेपाल मेड जर्मनी तथा नगरको सहकार्यमा महिलाहरूका लागि तीनवटै स्वास्थ्य संस्थामा निःशुल्क शिविर सञ्चालन हुने जानकारी दिनुभयो । उहाँका अनुसार पाटन–६ को प्राथमिक स्वास्थ्य केन्द्रमा चैत २२ गते, पाटन–८ को सिद्धेश्वर चौकीमा २३ गते र पाटन–५ को वसन्तपुर स्वास्थ्य चौकीमा २४ गते निःशुल्क प्रजनन स्वास्थ्य शिविर सञ्चालन हुनेछ ।
प्रजनन स्वास्थ्यसँग सम्बन्धित समस्या, गर्भ नरहने वा पटकपटक तुहिने, महिनावारी हुँदा पेट दुख्ने वा धेरैपटक रगत बहने, पिसाब गर्दा दुख्ने वा पोल्नेलगायत रोगको जाँच, उपचार तथा परामर्श प्रदान गरिने सिद्धेश्वर स्वास्थ्य चौकीका सिनियर अहेब जयराज भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार पाठेघरको मुखको क्यान्सरसम्बन्धी जाँच पनि गरिने छ ।
स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा निता तिमिल्सिना र रेजिना खड्काले सेवा दिने उहाँको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग
- सभामुख घिमिरे र सांसद सिंहबीच नोकझोक, रेष्टमबाटै भनाभन
- सिङ्गापुरविरुद्ध नेपालको शानदार जित
- फेरी भाँचियो तामाकोसीमा निर्माणाधिन पक्की पुल
- सुनको मूल्य बढ्यो, चाँदी घट्यो
- प्रतिनिधिसभा बैठकमा रास्वपाद्वारा आज पनि वेल घेराउ र नाराबाजी
- वर्ल्डलिङ्कका सीईओलाई प्रश्न : ‘फ्रि वाईफाईको खेलमा गैरकानुनी झेल’ गर्ने अधिकार कसले दियो ?
- रास्वपाद्वारा संसदबैठक बहिस्कार, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हट्यो