
हुम्ला । जिल्लाको दक्षिणी भेगमा मुख्यमन्त्री दलित आयआर्जन कार्यक्रम सञ्चालन भइरहेको छ ।
जिल्लाका पाँच वटा गाउँपालिकामा चैत १२ गतेदेखि यस्तो कार्यक्रम सञ्चालन गरिएको हो ।
खार्पुनाथ गाउँपालिका, सर्केगाड गाउँपालिका, चङ्खेली गाउँपालिका र ताजाकोट गाउँपालिकामा च्याउ र तरकारीखेतीसम्बन्धी सात दिने तालिम सञ्चालन गरिएको आयोजक उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयले जनाएको छ ।
सिमकोट गाउँपालिकामा रातो कम्बल बनाउने ६० दिने तालिम सञ्चालन गरिएको छ । तालिमको उद्घाटन सिमकोट गाउँपालिकाका अध्यक्ष्य विजय भण्डारीले गर्नुभयो । रातो कम्बल बनाउने तालिम लिन जिल्लाभरिका १२ जनाको सहभागिता रहेको कार्यालयका कम्प्युटर अपरेटर सरस्वती भण्डारीले जानकारी दिनुभयो ।
उहाँले यहाँका स्थानीयको आर्थिकस्तर सुधार गर्दै रोजगारीका अवसर सृजना गर्ने उद्देश्यले कर्णाली प्रदेशमा मुख्यमन्त्री दलित आयआर्जनको कार्यक्रम सञ्चालन गर्न थालिएको बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बाथरुममा लडेर प्रचण्ड घाइते
- भारतद्वारा पाकिस्तानमाथि सैन्य कारबाही
- वैशाख २८ मा प्रधानमन्त्रीले राष्ट्रियसभामा सम्बोधन गर्ने
- पूर्वमन्त्री प्रदीप नेपालको निधन
- खुले सरकारी विद्यालय
- आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुदै
- दुम्कीबासमा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
- विद्यालय कर्मचारी परिषदद्वारा आन्दोलनको घोषणा
- नीति तथा कार्यक्रमका लागि संसदमा पूर्वाभ्यास सम्पन्न
- केआइआइटीमा नेपाली छात्राको मृत्यु : परराष्ट्रले थाल्यो कूटनीतिक पहल