
काठमाडौँ । आइसीसी १९ वर्षमुनि (यू-१९) विश्वकप क्रिकेटको सुपरसिक्स अन्तर्गत बङ्गलादेशविरुद्धको आजको खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको छ ।
दक्षिण अफ्रिकाको ब्लोमफोन्टेनमा जारी खेलमा टस जितेर नेपाल ब्याटिङमा उत्रिएको हो । नेपालले समूह चरणमा अफागानिस्तानलाई पराजित गर्दैसुपर सिक्समा पुगेको हो ।
समूह चरणमा नेपाल न्यूजिल्यान्डसँग र दोस्रो खेलमा पाकिस्तानसँग हार बेहोरेको थियो । बंगलादेशले भने समूह चरणको खेलमा आयरल्याण्ड र अमेरिकालाई हराएको थियो भने भारतसँग पराजित भएको थियो ।
यसअघि नेपाल र बंगलादेश विश्वकपमा दुई पटक आमने सामने भएका छन् । सन् २००२ मा भएको विश्वपकमा नेपालले बङ्गलादेशलाई २३ रनको पराजित गरेको थियो । त्यस्तै सन् २०१६ को विश्वकपमा नेपाल बंगलादेशसँग ६ विकेटले पराजित भएको थियो ।
नेपालको प्लेइङ ११ मा कप्तान देव खनालसहित अर्जुन कुमाल, विपिन रावल, आकाश त्रिपाठी, विशाल विक्रम केसी, गुलशन झा, दीपक बोहोरा, दीपेश कंडेल, सुभाष भण्डारी, आकाश चन्द र दुर्गेश गुप्ता छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै
- आज २५६९ औं बुद्ध जयन्ती मनाइँदै
- यी हुन् राजसंस्था पुन:स्थापना संयुक्त जनआन्दोलन समितिको बैठक निर्णयहरु
- गृहमन्त्रीको साथी बनेर कर्मचारीलाई धम्काउने पक्राउ
- प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पारित
- वैशाख २८ मा प्रधानमन्त्रीले राष्ट्रियसभामा सम्बोधन गर्ने
- पूर्वमन्त्री प्रदीप नेपालको निधन
- खुले सरकारी विद्यालय