
कैलाली । धनगढी उपमहानगरपालिका–३ बोराडाँडीका युवा व्यवसायी सुरेश विश्वकर्माले लामो समयदेखि नर्सरी व्यवसाय गर्दै आउनुभएको छ ।
उहाँले यो व्यवसायबाट मासिक ४० हजार रुपैयाँ बचत गर्दै आउनुभएको हो । केही समय पहिले विश्वकर्माले काठमाडौँमा बिरुवासम्बन्धी काम गर्दै आएको एउटा कम्पनीमा जागिर गरी कामको अनुभव लिएर नर्सरी व्यवसाय शुरु गर्नुभएको हो । उहाँले वार्षिक एक लाख ५० हजार रुपैयँ तिर्ने गरी चार कट्ठा जमिन भाडामा लिइ व्यवसाय गर्दै आउनुभएको छ ।
हालसम्म ५० लाख रुपैया लगानी भएको बताउँदै उहाँले यो व्यवसायबाट मासिक ४० हजार रुपैया बचत गर्दै आएको जानकारी दिनुभयो ।उहाँको परिवारमा श्रीमान्, श्रीमती, बुवाआमा र दुई छोराछोरी छन् । परिवारको सम्पूर्ण लालनपालनका साथै छोराछोरीको शिक्षादीक्षा यसै व्यवसायबाट धान्दै आएको उहाँले बताउनुभयो । व्यवसायमा काम गर्ने तीन जना कामदारलाई मासिक १२ हजार रुपैयाँका दरले तलब दिँदै आएको विश्वकर्माले जानकारी दिनुभयो ।‘अन्य व्यवसायभन्दा यो व्यवसाय अलिकति जोखिम छ’ उहाँले भन्नुभयो, कहिलेकाही प्रतिकूल वातावरणका कारण बिरुवामा विभिन्न असर देखापरे बिग्रने, कुहिने, रोग लाग्ने गर्दछ, जसले गर्दा घाटा व्यवहोर्नुपर्ने हुन्छ ।’
धन आर्जन गर्न विदेश मात्र नभई स्वदेशमा पनि केही गर्न सकिन्छ भन्ने मान्यताबाट व्यवसाय शुरु गरेको विश्वकर्माले बताउनुभयो । नेपालको झापा, विराटनगर, इटहरी र कञ्चनपुरलगायत स्थानबाट विभिन्न जातका फलफूल, त्यो–प्यान्ट लगायत बिरुवा ल्याएर बिक्री गर्दै आएको उहाँले बताउनुभयो ।
केही बिरुवा नर्सरीमा आफैँ उत्पादन गर्ने गरेको उहाँको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग