
काठमाडौँ । अष्ट्रेलियाको राजधानी क्यानबेरामा आयोजित ‘नेपाल महोत्सव–२०२५’ सफलताका साथ सम्पन्न भएको छ ।
नेपाली कला संस्कृति, नेपाली पहिरन, खानाको परिकार र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य राखी क्यानबेरामा आयोजित महोत्सवले राजधानी नेपालमय बनेको थियो ।
कमनवेल्थ पार्कमा आयोजित महोत्सवअन्तर्गत क्यान्बेराको सिभिकको गरिमा प्लेसबाट बिहान साढे दश बजेदेखि सशुरु भएको प्रभातफेरी नगर परिक्रमा गरी कमन्वेल्थ पार्कको स्टेज ८८ मा पुगेर टुङ्गिएको थियो । पञ्चेबाजासहित निस्किएको प्रभातफेरीमा लाखे नाच र कुमारी नाच प्रस्तुत गरिएको थियो ।
त्यस अवसरमा अष्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादवलगायत अष्ट्रेलियामा रहेका विभिन्न नेपाली सङ्घसंस्था, स्थानीय अष्ट्रेलियालीहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो ।
त्यसैगरी राजदूत यादवको प्रमुख आतिथ्यमा भएको औपचारिक कार्यक्रममा अष्ट्रेलियाली सरकारका अर्थमन्त्री केटी गालागार, केन्द्रीय सांसद डेभिड स्मिथ, कूटनीतिक नियोगका प्रमुखहरू, अष्ट्रेलियन क्यापिटल टेरिटोरी राज्य सरकारका बहुसासंस्कृतिकमन्त्री माइकल पेटरसन र यातायतमन्त्री क्रिस् स्टिललगायत उच्चपदस्थ अधिकारीको उपस्थिति थियो ।
महोत्सवमा विभिन्न सांस्कृतिक कार्यक्रमसहित नेपाली कला संस्कृति झल्काउने प्रदर्शनी, नेपाली खानाका फुडस्टल, बालबालिकाहरूका लागि चित्रकला राखिएको थियो ।
नेपाली पहिचानलाई विश्वमाझ पुर्याउने अभियानका रूपमा सन् २००९ देखि गैरआवासीय नेपाली सङ्घ अष्ट्रेलियाले नेपाल महोत्सव आयोजना गर्दै आएको अध्यक्ष अनिल पोखरेलले बताउनुभयो ।
अष्ट्रेलियाका लागि नेपाली राजदूत यादवले क्यान्बेराको नेपालीले राम्रो गरिरहेको र नेपाली समुदायले नेपाल र नेपालीलाई गर्वको महशुस गराएको बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग