
कैलाली । धनगढीमा चैत ८ गते अपाङ्गता भएका महिलाको ‘फेसन शो’ कार्यक्रम हुने भएको छ ।
‘सँगै हिँडौँ, सँगै काम गरौँ, सँगै अघि बढौँ’ भन्ने मूल नाराका साथ साइनिङ् होम पोखराको आयोजना तथा राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल सुदूरपश्चिम प्रदेशको सहकार्यमा कार्यक्रम हुने भएको हो ।
अपाङ्गता भएका महिलाको क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको साइनिङ होम पोखराकी अध्यक्ष आशिका चन्दले बुधबार यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । क्षमता भएर पनि प्रस्फुटन हुन नसकेका प्रतिभालाई बाहिर ल्याउनका लागि कार्यक्रमको अयोजना गर्न लागिएको उहाँले बताउनुभयो ।
महासङ्घ सुदूरपश्चिम प्रदेशका अध्यक्ष मानबहादुर साउँदले अपाङ्गता भएका महिलाको प्रतिभाको खोजीका लागि कार्यक्रम महत्वपूणै हुने बताउनुभयो । कार्यक्रममामा कैलाली र कञ्चनपुरमा बसोबास गर्ने अपाङ्गता भएका १५ जना महिलाको सहभागिता रहने उहाँले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग