
कैलाली । कैलारी गाउँपालिका–५ बैजपुरमा १५ शय्या अस्पताल सञ्चालनमा आउन सकेको छैन । अस्पतालको सम्पूर्ण भौतिक संरचना निर्माणकार्य सम्पन्न भए पनि बजेट अभावमा सञ्चालनमा आउन नसकेको हो ।
विसं २०८१ असार मसान्तसम्म निर्माण सक्नेगरी २०७९ असार २९ मा रोयल कन्स्ट्रक्सन जेभीसँग १८ करोड ५२ लाख रुपैया मा ठेक्का सम्झौता भएको थियो । तोकिएको समयसीमा सकिए पनि म्याद थप गरी चालु आवको फागुन पहिलो साता सो अस्पतालको भौतिक संरचनाको निर्माण सम्पन्न भएको गाउँपालिकाका सूचना अधिकारी यगम कलेलले बताउनुभयो ।
उहाँले अस्पताल भवन निर्माण सम्पन्न भए पनि ठेकेदार कम्पनीलाई भुक्तानी दिन नसक्दा भवन हस्तान्तरण हुननसकेको र अस्पताल सञ्चालनका लागि अवश्यक बजेट नहुँदा जनशक्ति व्यवस्थापनलगायत काम अघि बढ्न नसकेको बताउनुभयो ।
ठेकेदार कम्पनीलाई रु तीन करोड चार लाख दिन बाँकी रहेको गाउँपालिकाका स्वास्थ्य प्रमुख नरेश चौधरीले बताउनुभयो । उहाँले अस्पताल चाँडै सञ्चालन गर्न ठेकेदार कम्पनीलाई दिनुपर्ने बाँकी रकम, उपकरण खरिद र जनशक्ति व्यवस्थापनका लागि स्वास्थ्य मन्त्रालयमा पत्राचार गरी बजेट माग गरिएको बताउनुभयो ।
उहाँले ठेकेदार कम्पनीलाई दिनुपर्ने बाँकी रकम भुक्तानी भएपछि भवन हस्तान्तरण भएर अस्पताल सञ्चालनको प्रक्रिया पालिकाले अगाडि बढाउने बताउनुभयो । अस्पताल सञ्चालनका लागि बजेट अभाव भएकाले सङ्घीय सरकारले आवश्यक बजेट व्यवस्थापन गर्नुपर्नेमा प्रमुख चौधरीले जोड दिनुभयो ।
पाँच वर्षअघि प्रत्येक स्थानीय तहमा अस्पताल हुनुपर्ने सङ्घीय सरकारको नीतिअनुसार यहाँ १५ शय्याको अस्पताल निर्माण थालिएको हो । आवश्यक जनशक्ति व्यवस्थापनसँगै बजेटको सुनिश्चितता भएमा चाँडै अस्पताल सञ्चालनमा ल्याउन सकिने प्रमुख चौधरको भनाइ छ । त्यो पालिकामा अस्पताल सञ्चालन भएपछि कैलारी गाउँपालिकाको दक्षिणी क्षेत्रका जनतालाई स्वास्थ्योपचारमा राहत मिल्ने अपेक्षा गरिएको छ ।
अस्पताल नहुँदा यहाँका नागरिक सामान्य उपचारका लागि धनगढी, नेपालगन्ज तथा भारतसम्म पुग्ने गरेका छन् । विसं २०७७ मा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभर पाँच, १० र १५ शययासम्मका अस्पताल स्थानीय तहमा बनाउने योजना सार्वजनिक गरेको थियो ।
प्रदेशस्तरका जिल्ला अस्पताललाई २५ देखि ५० शय्यासम्मका बनाइने उल्लेख थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग