
काठमाडौँ । नेपाल जेसिसले युवा उद्यमीको हौसला बढाउन तथा सम्भावना पहिल्याउन चैत ७ देखि १८ गतेसम्म ‘जेसिआई नेपाल बिजनेश एक्सपो ’ आयोजना गर्ने भएको छ ।
आज आयोजित पत्रकार सम्मेलनमा संस्थाका राष्ट्रिय कार्यकारी उपाध्यक्ष गणेश सापकोटाले एक्स्पोमा जेसिसका देशभर रहेका एक सय ४८ शाखामा आवद्ध उद्यमीको सहभागिता रहने र दुई सय ५० भन्दा बढी स्टलमार्फत प्रतिनिधिले आफ्ना उत्पादन, औद्योगिक सम्भावना, नवप्रवर्तन तथा अन्य उद्यम प्रदर्शन गर्ने जानकारी दिनुभयो ।
मेलाले विभिन्न स्थानका उद्यमीबीच अनुभव साटासाट गर्न, उद्यममा आइपर्ने समस्या निवारण तथा नयाँ सम्भावना पहिल्याउने अवसर प्रदान गर्ने सापकोटाले बताउनुभयो । मेलामा उद्यमीको आत्मविश्वास बढाउन र सम्भावना पहिल्याउन छ वटा अलग–अलग विषयमा केन्द्रीत सम्मेलनसमेत आयोजना गरिने छ ।
ती विषयमा पर्यटन, शैक्षिक व्यवसाय, युवा सशक्तिकरण, वित्तीय तथा लगानी र स्वास्थ्य सम्मेलन आयोजन गरिनेछन् । एक्स्पो अवधिभर खुल्ला सांस्कृतिक तथा खेलकुद प्रतियोगितासमेत गराइने पत्रकार सम्मेलनमा जानकारी दिइयो । यस्तै, युवा उद्यमीलाई पर्यटनलगायत उद्यम क्षेत्रमा अघि बढन मद्दत गर्ने गरी तालिमसमेत दिइनेछ ।
जेसिसकी राष्ट्रिय अध्यक्ष रजनी थापाले युवालाई विदेश पलायनभन्दा स्वदेशमै व्यवस्थित ढङ्गले उद्यम गरे अनन्त सम्भावना छ भन्ने कुरा बुझाउनका लागि पनि एक्स्पोको आयोजना गरिएको बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग