
काठमाडौँ । ९ महिनाभन्दा बढी समयदेखि अन्तरिक्षमा फसेका एक जोडी अन्तरिक्ष यात्री अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आइएसएस) बाट आफ्नो क्याप्सुल अलग भएपछि अन्ततः मङ्गलबार घर फर्कने क्रममा छन् ।
बुच विल्मोर र सुनी विलियम्स बोकेको स्पेसएक्स यान स्थानीय समयानुसार ०५ः०५ मा कक्षीय स्टेसनबाट अलग भयो । यसले विश्वव्यापी ध्यान आकर्षित गरेको उनीहरूको लामो मिसन अन्त्य गरेको छ । नासाको यो जोडीसँग अमेरिकी निक हेग र रुसी अन्तरिक्षयात्री अलेक्जान्डर गोर्बुनोभ पनि सामेल हुनुहुन्छ ।
चालक दल अब पृथ्वीमा फर्कने १७ घण्टाको यात्राका लागि बसिरहेका छन् र उनीहरूलाई स्पेस सुटबाट बढी आरामदायी पोशाकमा परिवर्तन गर्न अनुमति दिइएको छ । यदि सबै कुरा राम्ररी चल्यो भने क्याप्सुल फ्लोरिडाको तटमा मङ्गलबार लगभग २१५७ जिएमटीमा समुद्री स्प्ल्यासडाउनका लागि आफ्नो प्यारासुट खोल्नेछ । त्यहाँ एक रिकभरी जहाजले चालक दललाई पुनः प्राप्त गर्नेछ ।
विल्मोर र विलियम्सले गत वर्ष जुनमा कक्षीय प्रयोगशालामा उडान भर्नुभएको थियो । यो बोइङको स्टारलाइनरलाई यसको पहिलो चालक दल उडानमा परीक्षण गर्न एक दिन लामो राउन्ड ट्रिप हुने थियो । तर अन्तरिक्ष यानमा प्रोपल्सन समस्या देखा प¥यो र उहाँहरूलाई फिर्ता उडाउन अयोग्य मानिएपछि, खाली फिर्ता पठाइयो ।
पूर्व नौसेना पाइलटहरू विल्मोर ९६२० र विलियम्स ९५९० लाई नासा–स्पेसएक्स क्रू–९ मिसनमा पुनः नियुक्त गरियो । जसमा गत सेप्टेम्बरमा ड्र्यागन अन्तरिक्ष यानलाई सामान्य चारको सट्टा दुईको टोलीसँग आइएसएसमा उडान गरेको थियो ।
त्यसपछि आइतवबर बिहान क्रू–१० भनिने राहत टोली स्टेसनमा जोडियो । त्यहाँ उनीहरू ह्याचबाट तैरँदै हिँड्दा उनीहरूको आगमनलाई व्यापक मुस्कानहरू र अङ्कमालहरूले स्वागत गरियो । क्रू–१० को आगमनले हेग र गोर्बुनोभसँगै विल्मोर र विलियम्सको प्रस्थानको बाटो खोल्यो । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग