
काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र मल्दोभाका उपप्रधानमन्त्री एवं विदेशमन्त्री मिहाइ पोपसोइबीच भेटवार्ता भएको छ ।
‘राइसिना डायलग’मा सहभागी हुने सिलसिलमा नयाँदिल्लीमा रहनुभएकी परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानबीच आज भेटवार्ता भएको हो । उहाँहरुबीचको भेटवार्ता भारतको विदेश मन्त्रालयले आयोजना गरेको हो । भेटवार्तामा नेपाल मल्दोभा सम्बन्ध र आपसी हितका विविध विषयमा कुराकानी भएको परराष्ट्रमन्त्री मन्त्रीको निजी सचिवालयले जनाएको छ ।
त्यस अवसरमा मन्त्री डा राणाले जलवायु परिवर्तनले नेपाललाई नराम्रोसँग असर गरिरहेको जानकारी दिँदै यस समस्यासँग जुध्न कसरी मिलेर काम गर्न सकिन्छ भन्ने बारेमा छलफल गर्नु भएको छ ।
मन्त्री डा राणाले नेपाल सन् २०२६ पछि विकासोन्मुख राष्ट्रमा स्तरोन्नति हुन लागेको जानकारी दिँदै त्यसपछि नेपाललाई आवश्यक पर्ने बाह् सहयाताका बारेमा परामर्श गर्नुभएको थियो । नेपालले राष्ट्रसङ्घीय सुरक्षा परिषद्को अस्थायी सदस्यमा दिएको उम्मेदवारीका बारेमा जानकारी दिँदै त्यसमा मल्दोभाको सहयोगका लागि आग्रह पनि गर्नुभएको छ ।
मन्त्री डा राणाले यसै साता हुन लागेको विदेशमन्त्री मिहाइ पोपसोइको नेपाल भ्रमणबाट पनि दुई देशबीचको सम्बन्धलाई थप गतिशील बनाउन सहयोग पुग्ने धारणा राख्नुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग