
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से्) परिसूचक साताको कारोबारको लगातार तेस्रो दिन पनि कमी देखिएको छ ।
अघिल्लो साता लगातार घटेर नेप्से परिसूचक अन्तिम कारोबार दिन केही अंकले बढेको थियो । तर यो साता कारोबारका सबै दिन पुनः परिसूचक ओरालो लागेको हो ।
नेप्से परिसूचक मंगलबार ७ दशमलव ६६ अंकले घटेर २ हजार ६ सय ९७ दशमलव ०४ को बिन्दुमा कायम भएको छ । आज३ सय १३ कम्पनीको ८२ लाख ३७ हजार ९ सय दुई कित्ता शेयर, ५० हजार आठ सय ३४ पटक खरिदबिक्री हुँदा ४ अर्ब ३४ करोड ६६ लाख ३२ हजार रुपैयाँको कारोबार भएको छ ।
आजको कारोबारमा अन्य समूहको उपसूचक शून्य दशमलव ११ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । बैंकिङ समूह शून्य दशमलव १४, विकास बैंक शून्य दशमलव ४२, वित्त शून्य दशमलव १७, होटल तथा पर्यटन शून्य दशमलव ३६, जलविद्युत् शून्य दशमलव १७, लगानी शून्य दशमलव ४२ र जीवन बीमा समूह शून्य दशमलव ७० प्रतिशतले घटेको हो । त्यसैगरी, उत्पादन तथा प्रशोधन शून्य दशमलव २३, लघुवित्त शून्य दशमलव ३१, म्युचुअल फन्ड शून्य दशमलव ३७, निर्जीवन बीमा शून्य दशमलव ५४ र व्यापार समूह शून्य दशमलव ६६ प्रतिशतले घटेको छ ।
आजको कारोबारमा मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै नौ दशमलव ९६ र प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै घट्नेमा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य आठ दशमलव २१ प्रतिशतले घटेको छ ।
रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको ३२ करोड ११ लाख १७ हजार ८ सय ९२ रुपैयाँको शेयर किनबेच भएको छ ।
सङ्ख्याका आधारमासबैभन्दा धेरै घलेम्दी हाईड्रो लिमिटेडको सात लाख ६८ हजार पाँच सय ४३ कित्ता शेयर किनबेच भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग