
तनहुँ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आमनागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलव्ध गराउन प्रदेश सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।
आँबुखैरेनी गाउँपालिकाले सञ्चालन गरेको आँबुखैरेनी अस्पतालको आज निरीक्षण गर्दै उहाँले हरेक नागरिकलाई सहज रुपमा स्वास्थ्य सेवा उपलव्ध गराउने राज्यका प्रयासमा चिकित्सक लगायत स्वास्थ्य क्षेत्रमा आबद्ध सबैको सहयोग अपरिहार्य भएको बताउनुभयो । अवस्था सिर्जना गरिने बताउनुभयो ।
स्थानीय तहसँग सहकार्य गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको तथा भविष्यमा पनि स्रोत र साधनले भ्याएसम्म प्रदेशका स्वास्थ्य संस्थालाई उपकरण प्रदान गर्ने मुख्यमन्त्री पाण्डेले उल्लेख गर्नुभयो । त्यो अस्पताललाई प्रदेश सरकारले एक थान शल्यक्रिया मेसिन प्रदान गरेको छ ।
आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले अस्पतालले प्रदान गर्दै आएको सेवाका बारेमा जानकारी गराउनुभएको थियो । विसं २०७९ मङ्सिर १ गतेदेखि आँबुखैरेनी स्वास्थ्यचौकी १५ शय्याको अस्पतालमा रुपान्तरण भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- यी हुन् राजसंस्था पुन:स्थापना संयुक्त जनआन्दोलन समितिको बैठक निर्णयहरु
- गृहमन्त्रीको साथी बनेर कर्मचारीलाई धम्काउने पक्राउ
- प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पारित
- वैशाख २८ मा प्रधानमन्त्रीले राष्ट्रियसभामा सम्बोधन गर्ने
- पूर्वमन्त्री प्रदीप नेपालको निधन
- खुले सरकारी विद्यालय
- आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुदै
- दुम्कीबासमा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
- विद्यालय कर्मचारी परिषदद्वारा आन्दोलनको घोषणा
- नीति तथा कार्यक्रमका लागि संसदमा पूर्वाभ्यास सम्पन्न