
काठमाडौँ । बङ्गलादेशको सङ्क्रमणकालीन सरकारका प्रमुख नेता मोहम्मद युनुस यसै महिना कूटनीतिक सद्भावना भ्रमणका लागि बेइजिङ जाने भएका छन्।
छिमेकी मुलुक भारतसँगको चिसो सम्बन्ध देखिएका समय उहाँको चीन भ्रमण हुन लागेको हो । नोबेल शान्ति पुरस्कार विजेता युनुसले गत अगष्टमा भएको विद्यार्थी आन्दोलनबाट पदच्युत हुनुभएका पूर्वप्रधानमन्त्री शेख हसिनाको स्थानमा बङ्गलादेशको बागडोर सम्हाल्नुभएको हो ।
भारत हसिनाको सरकारको सबैभन्दा ठूलो हितैषी थियो र उहाँको बहिर्गमनले भारतसँगको सीमापार सम्बन्धलाई सङ्कटमा पारेको समय युनुस नेतृत्वको कामचलाउ सरकारले एसियाली उपमहाद्वीपमा सत्ता र प्रभावका लागि नयाँ दिल्लीको प्रमुख प्रतिद्वन्द्वी बेइजिङसँगको पूरानो मित्रतालाई प्रगाढ बनाउन लागेको विश्लेषकहरूले बताएका छन् ।
युनुसका सञ्चार सचिव शफिकुल आलमले आइतबार पत्रकारसँग भन्नुभयो, ‘बङ्गलादेशले द्विपक्षीय सम्बन्धलाई नयाँ उचाईमा पु¥याउने लक्ष्य राखेको छ ।’ ‘युनुस र चिनियाँ उच्च अधिकारीबीच दुवै मुलुकसँग सम्बन्धित विविध विषयमा छलफल हुनेछ’ उहाँले भन्नुभयो। युनुसले मार्च २६ देखि २९ सम्म हुने भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
चीनमा रहँदा उहाँलाई पेकिङ विश्वविद्यालयबाट मानार्थ विद्यावारिधिको उपाधि प्रदान गर्ने साथै लगानीका अवसरहरूको खोजी गर्न विभिन्न चिनियाँ फर्मसँग भेटघाट गर्ने पनि कार्यक्रम रहेको छ । ‘बङ्गलादेश निर्माण क्षेत्र (म्यानुफ्याक्चरिङ हब) बन्न चाहन्छ र यो प्रयासमा चीनसँग साझेदारी गर्न इच्छुक छ’ आलमले भन्नुभयो ।
सन् २०१७ मा छिमेकी मुलुक म्यानमामा भएको हिंसात्मक सैन्य कारबाहीबाट भागेर आएका रोहिङ्ग्या शरणार्थीको विशाल जनसङ्ख्याबारे पनि कूटनीतिक वार्ताबाट छलफल हुने अपेक्षा गरिएको छ ।
चीनले विगतमा बङ्गलादेश र म्यान्माबीच मध्यस्थताको भूमिका निर्वाह गर्दै आएको छ । यसले उत्पीडनमा परेका अल्पसङ्ख्यक समुदायलाई स्वदेश फर्काउन मध्यस्थता गरेको थियो यद्यपि, म्यान्माले उनीहरूलाई फिर्ता गर्न आनाकानी गरेका कारण शरणार्थीको फिर्ती प्रयास अवरूद्ध बनेका छन् ।
बङ्गलादेशका अन्तरिम विदेशमन्त्री तौहिद हुसेनले गत जनवरीमा चीनको भ्रमण गर्नुभएको थियो । बङ्गलादेशका लागि चीनका राजदूत याओ वेनले गत महिना बङ्गलादेशको राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र गरिमालाई अक्षुण्ण राख्न बेइजिङको दृढ समर्थन रहेको बताउनुभएको थियो । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग