
काभ्रे । नमोबुद्ध–तेमाल सडकको काम ८ महिनादेखि अलपत्र भएको छ ।
नमोबुद्ध नगरपालिकाको भकुण्डेबेँसीदेखि तेमाल गाउँपालिकाको मेच्छेसम्मको १३ किलोमिटर सडक स्तरोन्नतिको समयसीमा सकिएको ८ महिना बितेको हो । डिभिजन सडक कार्यालय भक्तपुरले त्यो सडकखण्ड स्तरोन्नतिका लागि विसं २०७९ साउन १६ गते २० महिनामा निर्माण सक्नेगरी ठेक्का लगाएको हो ।
भकुण्डेबाट मेच्छेसम्म दुई खण्डमा १३ किमी सडक कालोपत्र गर्नेगरी निर्माण कम्पनी केएस देवी रमन÷तेज जेभीलाई २० करोड ८९ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । सम्झौताअनुसार सडक छेउमा पर्खाल लगाउने, नाली निर्माण गर्ने, सववेस, वेस र कालोपत्र गर्नुपर्ने थियो । तर, समयसीमासम्म २५ प्रतिशतसमेत काम नभइ आठ महिनादेखि अलपत्र अवस्थामा हो ।
सम्झौताअनुसार गत साउन १५ गतेसम्ममा निर्माण सम्पन्न गर्नुपर्ने थियो । त्यो सडकखण्ड बिपी राजमार्गको वैकल्पिक मार्गको रुपमासमेत अगाडि बढाइएको हो ।
गत असोज दोस्रोसाता रोशी खोलाको बाढीले करिब १३ किलोमिटर राजमार्ग क्षतिग्रस्त हुँदा यही खडकखण्डबाट सिन्धुली र काभ्रेपलाञ्चोकतर्फ रोकिएका सयौँ सवारी आवतजावत गराइएको थियो । नमोबुद्ध नगर तथा तेमाल गाउँपालिकाले पटक–पटक सडक कार्यालयमा ताकेता गर्दासमेत निर्माण कम्पनीमार्फत कामलाई तीव्रता दिन नसक्दा स्तरोन्नतिमा ढिलाइ भएको हो ।
ठकेदार कम्पनीलाई सडक निर्माणलाई तीव्रता दिन पटक पटक ताकेता गर्दासमेत वेवास्ता गरेका कारण आयोजना लथालिङ्गको अवस्थामा पुगेको नमोबुद्ध नपा–४ का वडाध्यक्ष अर्जुन कार्कीले बताउनुभयो । ‘आयोजनाको सुरुआती चरणमा केही काम भएको हो, त्यसपछि निर्माणले गति नलिँदा यस्तो अवस्था आयो’ उहाँले भन्नुभयो । उहाँका अनुसार गुणस्तरीय निर्माणमा पनि शङ्का गर्नुपर्ने देखिएको छ ।
जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोक, तथा स्थानीय जनप्रतिनिधिले पटक–पटक अनुगमन गर्दै तालिका बनाएर तोकिएको समयसीमाभित्रमा काम सक्ने गरी निरन्तरता दिन र कामको प्रगति विवरण पेस गर्न निर्माण कम्पनीलाई निर्देशन दिँदै आएका थिए । तेमाल गाउँपालिकाका जनप्रतिनिधिको टोलीलेसमेत हाल डिभिजन कार्यालयलाई ध्यानाकर्षण गर्दै सडकको काम छिटो सम्पन्न गराउन ताकेता गरेको जनाइएको छ ।
यसैबीच निर्माण कम्पनीले आउँदो असार मसान्तसम्म ४ महिना समय थपको माग गर्दै डिभिजन कार्यालयमा निवेदन दिएको छ । कार्यालयको इञ्जिनियर विन्दु अधिकारीले निर्माण कम्पनीले समय थपको माग निवेदन दिई रोकिएको काम सुरु गर्न लागेको बताउनुभयो ।
त्यो सडक स्तरोन्नति एवं विस्तारमा ढिलाइ हुँदा हिउँद/वर्षामा सडकयात्रीले निकै सास्ती खेप्नुपरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग