
काठमाडौँ । नागरिक लगानी कोषले सङ्कलित पुँजी राष्ट्र निर्माण र सरकारको प्राथमिकतामा परेका आयोजनामा लगानी वृद्धि गर्नेतर्फ अग्रसर भएको बताएको छ ।
कोषको ३५औँ वार्षिकोत्सवका अवसरमा आजआयोजित समारोहमा कोषले त्यसका लागि नीतिगत व्यवस्थामा समेत सुधार गर्न थालेको जानकारी गराएको हो ।
कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले लगानी विविधीकरण गनुपर्ने चुनौती रहेको जानकारी गराउनुभयो । उहाँले भन्नुभयो– ‘छरिएर रहेको पुँजी एकीकृत गरी राष्ट्र निर्माणका कसरी लगानी गर्ने सरकारको प्राथमिकतामा रहेको क्षेत्रमा कसरी लगानी वृद्धि गर्ने ? उत्पादनमुकल क्षेत्र, कृषि, उद्योग, होटल, पर्यटन क्षेत्रमा कसरी लगानी बढाउने ? भन्ने चुनौती छ, त्यसका लागि केही नीतिगत व्यवस्था गरे पनि सुधार गर्नुपर्ने देखिएको छ ।’
उहाँले कोषमा अनलाइन सेवासमेत विकास गर्दै लगिएको जानकारी गराउँदै नगरिक पेन्सन योजनाको दायरा विस्तार गर्न जरुरी रहेको र त्यसमा सरकारको सहयोगको खाँचो रहेको औँल्याउनुभयो ।
कार्यक्रममा अर्थसचिव घनश्याम उपाध्यायले मुलुकको आर्थिक वृद्धि र पूर्वाधारका क्षेत्रको विकासका लागि सरकारले अवलम्बन गर्ने नीति तथा कार्यक्रमको मार्गदर्शकका रुपमा अवलम्बन गर्दै अघि बढिरहेको बताउनुभयो । उहाँले कोषले सेवाप्रतिको जवाफदेहिता, पारदर्शिताका साथै सेवा सुधार गर्दै जानुपर्ने सुझाव दिनुभयो ।
सचिव उपाध्यायले बचतकर्ताको विश्वास जित्दै सङ्कलित वित्तीय स्रोत विविध क्षेत्रमा लगानी बढाउँदै जानुपर्नेमा जोड दिनुभयो । उहाँले ठूलो रकम मुद्दति निक्षेपमा रहेको पाइएकाले यसलाई कोषले सरकारका प्राथमिकताका क्षेत्रमा लगानी बढाउन जरुरी रहेको औँल्याउनुभयो । उहाँले उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार गरी रोजगारी, गरिबी निवारण र आयमूलक क्षेत्रमा गोगदान गर्नुपर्नेमा जोड दिनुभयो ।
नागरिक लगानी कोषका अध्यक्ष प्राडा सूर्यबहादुर थापाले सानो पुँजी सङ्कलन गरी अहिले दुई खर्ब ७३ अर्ब ७२ करोड वित्तीय स्रोत सङ्कलन गर्न कोष सफ भएको बताउनुभयो । उहाँले कृषि, पूर्वाधार, उत्पादनमूलक क्षेत्र, उद्योग, पर्यटन लगायत क्षेत्रमा पनि लगानी गनुपर्ने आवश्यकता महसुस भएको बताउनुभयो । उहाँले स्थापनासँगै निरन्तर नाफामा गइरहेको कोष बचत बढाउँदै जानु सफल भएको बताउँदै अझै बढाउने विश्वास व्यक्त गर्नुभयो ।
कोष विसं २०४७ मा स्थापना भएको हो । स्थापनाकालमा २ करोड ४४ लाख बचतबाट शुरु भएको संस्थामा अहिले ६ अर्ब ४८ करोडको चुक्ता पुँजी पुगेको छ । विभिन्न सातवटा ‘स्किम’हरु सञ्चालन गर्दै आएको छ । यी सबै कार्यक्रमबाट जगेडा कोषसहित २७३ अर्ब वित्तीय स्रोत सङ्कलन गर्न सफल भएको छ ।
पुस मसान्तसम्म २६४ अर्ब विभिन्न क्षेत्रमा लगानी गरेको कार्यक्रममा जानकारी दिइएको थियो । साढे ६ लाख सहभागीलाई सेवा दिँदै आएको कोषले ‘सेयर डिबेञ्चर’हरुमा पनि लगानी गरेको जानकारी गराइएको थियो ।
कार्यक्रममा कोषका पूर्वअध्यक्ष डा भोजराज घिमिरे, नेपाल वित्तीय संस्था कर्मचारी सङ्घ, नागरिक लगानी कोषका अध्यक्ष अच्युतम पौडेल, कोषको कर्मचारी युनियनका अध्यक्ष नेत्रविक्रम थापा लगायतले बोल्नुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग