
काठमाडौँ । रुस र संयुक्त राज्य अमेरिकाले युक्रेनमा युद्ध अन्त्य गर्ने ‘अर्को कदम’ बारे छलफल गरेको छ ।
किएभका युरोपेली सहयोगीले मस्कोलाई बिना शर्त ३० दिनको युद्धविराम गर्न आग्रह गरेको केही घण्टापछि रुस र संयुक्त राज्य अमेरिकाले युक्रेनमा युद्ध अन्त्य गर्ने ‘अर्को कदम’ बारे छलफल गरेको क्रेमलिनले आइतबार बताएको छ ।
संयुक्त राज्य अमेरिकाले यस साता साउदी अरबमा वार्ता गरेपछि तीन वर्षभन्दा लामो युद्धमा लडाइँ रोक्न प्रस्ताव गरेको थियो । उक्त प्रस्तावलाई किएभले स्वीकार गरेको थियो । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कुनै स्पष्ट जवाफ दिनुभएको छैन, झन् केही सर्त सूचीबद्ध गरेर प्रस्तावमाथि ‘गम्भीर प्रश्न’ उठाउनुभएको छ ।
युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले शनिबार क्रेमलिनलाई युद्ध अन्त्य गर्न नचाहेको आरोप लगाउनुभयो र मस्कोले कुनै पनि युद्धविराममा सहमत हुनुअघि ‘युद्धभूमिमा आफ्नो स्थिति सुधार गर्न’ चाहेको चेतावनी दिनुभयो ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले आफ्ना रुसी समकक्षी सर्गेई लाभरोभसँग गत महिना साउदी अरबमा भएको अमेरिका–रुस शिखर सम्मेलनमा ‘समझदारी कार्यान्वयनका ठोस पक्ष’ बारे छलफल गरेको मस्कोले आइतबार जनाएको छ ।
फेब्रुअरीमा भएको रियाद भेला मस्कोले आफ्नो आक्रमण शुरु गरेपछि संयुक्त राज्य अमेरिका र रुसबीचको पहिलो उच्चस्तरीय बैठक थियो । ‘सर्गेइ लाभरोभ र मार्को रुबियो सम्पर्कमा रहन सहमत हुनुभयो’ रुसी विदेश मन्त्रालयले अमेरिकाले सुझाएको युद्धविरामको कुनै उल्लेख नगरी भनेको छ ।
विदेश मन्त्रालयका प्रवक्ता टेमी ब्रुसले शनिबार यो जोडीले युक्रेनमा ‘अर्को कदमबारे छलफल गरेको’ बताउनुभयो । उहाँले रुबियो र लाभरोभ ‘संयुक्त राज्य अमेरिका र रुसबीच सञ्चार पुनःस्थापनाका लागि काम जारी राख्न सहमत भएको’ पनि बताउनुभयो ।
बेलायतले आयोजना गरेको युक्रेनसम्बन्धी भर्चुअल शिखर सम्मेलनमा प्रधानमन्त्री किर स्टार्मरले पुटिनलाई युद्धविराममा ‘आफ्नो खुट्टा तानेको’ आरोप लगाएको केही घण्टापछि यो फोन आएको थियो । ‘रुसबाट आएको ‘हो, तर’ पर्याप्त छैन’ स्टार्मरले भन्नुभयो । उहाँले ‘युक्रेनमा एक पटक र सबैका लागि बर्बर आक्रमण’ रोक्न आह्वान गर्नुभयो ।
अर्को दिन किएभले रुसले युक्रेनका नौ क्षेत्रमा ९० वटा इरानी निर्मित साहेद ड्रोन प्रहार गरेको बताएको थियो ।
पुटिन ‘झुटो बोल्दै’ हुनुहुन्छ ः जेलेन्स्की –
यस साताको शुरुमा युद्धविरामप्रति आफ्नो प्रतिक्रियामा पुटिनले यस पहलले रुसी सेनालाई नभई मुख्यतया युक्रेनलाई फाइदा पुग्ने भन्दै यसलाई धेरै क्षेत्रमा ‘अगाडि बढिरहेको’ बताउनुभएको थियो ।
उहाँले पहलमाथि ‘गम्भीर प्रश्न’ उठाउनुभयो । दक्षिणी र पूर्वी युक्रेनको केही भाग ओगटेको रुसले मोर्चाका केही क्षेत्रमा गति लिएपछि यो प्रस्ताव आएको हो ।
यसले आफ्नो कुर्स्क क्षेत्रका केही भागबाट युक्रेनी सेनालाई हटाएको छ । त्यहाँ किएभले भविष्यको कुनै पनि वार्तामा सम्भावित मोलमोलको चिप्सका रूपमा रुसी क्षेत्र कब्जा गर्ने आशा राखेको छ । पुटिनले फोनमा ट्रम्पसँग मस्कोको चिन्ताबारे छलफल गर्न चाहेको बताउनुभयो ।
जेलेन्स्कीले शनिबार युद्धविराममा सहमत नभएर पुटिन ट्रम्पको विरुद्ध पनि जाँदै गरेको भन्दै मस्कोमाथि युद्ध समाप्त नगर्ने तरिकाहरू खोज्ने प्रयास गरेको आरोप लगाउनुभयो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसबारे केही मैत्रीपूर्ण बयान दिनुभएको छ । जेलेन्स्कीले पुटिनलाई ‘युद्धविराम कथित रूपमा अत्यन्त जटिल छ भनेर झुट बोलेको’ आरोप लगाउनुभयो ।
युक्रेनले आइतबार खार्किभ क्षेत्रको इजियम सहरमा रूसी ड्रोन हमलामा एक व्यक्तिको मृत्यु भएको बताएको छ । खार्किभलाई रुसले युक्रेन आक्रमणको शुरुमा कब्जा गरेको थियो र पछि किएभका सेनाले फिर्ता लिएको थियो । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग