
काठमाडौँ । म्यासेडोनियामा रात्रि क्लबमा आगलागी हुँदा ५१ जनाको मृत्यु भएको छ । उत्तरी म्यासेडोनियाको एक रात्रि क्लबमा आइतबार बिहान आगलागी हुँदा ५१ जनाको मृत्यु भएको त्यहाँको गृहमन्त्रालयले जनाएको छ ।
म्यासेडोनियाका पूर्वी शहर कोकानीस्थित ‘क्लब पल्स’मा भएको आगलागीमा परी कम्तीमा ५१ जनाको मृत्यु भएको र एक सय भन्दा बढी घाइते भएको गृहमन्त्री पान्स टोस्कोभस्कीले बताउनुभएको हो ।
डीएनके नामक एक लोकप्रिय हिप–हप जोडी हेर्नको लागि करिब एक हजार भन्दा बढी युवा प्रशंसकहरू भेला भएको र त्यस स्थानमा एक्कासी आगलागी भएपछि उनीहरूको हताहत भएको हो । ‘कन्सर्टमा ‘लाइट इफेक्ट’का लागि प्रयोग गरिने ‘पाइरोटेक्निक डिभाइस’को प्रयोगका कारण आगलागी भएको हुन सक्छ’ तोस्कोभस्कीले भन्नुभयो।
उहाँले भन्नुभयो– ‘ज्वालालले सजिलै ज्वलनशील पदार्थले बनेको छतलाई समात्यो, त्यसपछि आगो पूरै बाक्लो धुवाँसहित हलमा फैलियो।’
हेलिकप्टरले केही घाइतेलाई राजधानी स्कोप्जेका अस्पतालमा पु-याएको छ । तीमध्ये २७ जनालाई नाउम ओह्रिड्स्की क्लिनिकमा भर्ना गरिएको अस्पतालका चिकित्सक नेबोजा नास्टोभले अनलाइन सञ्चारमाध्यम एसडीकेलाई बताउनुभयो ।
एसडीकेका अनुसार स्थानीय समयअनुसार बिहान ३ बजे आगलागी सुरु भएको थियो ।सामाजिक सञ्जालमा पोस्ट गरिएका र आगो लाग्नुअघि खिचिएका भिडियोहरूमा ‘स्टेज फाउन्टेन’ वा ‘स्टेज जेट’ को प्रयोग देखाइएको थियो । यो कार्यक्रमको क्रममा प्रयोग हुने एक प्रकारको हलमा प्रयोग गरिने आतिशबाजी हो। म्यासेडोनियाका सञ्चारमाध्यमले सार्वजनिक गरेका अन्य भिडियोमा भवनको प्रवेशद्वारमा आगोको लप्काले कालो पारेको देखिएको छ ।
‘अहिलेसम्म हामीसँग भएको तथ्याङ्कअनुसार ५१ जनाले ज्यान गुमाएका छन्’ घटनास्थलको अवलोकनपछि गृहमन्त्री टोस्कोभस्कीले भन्नुभयो– ‘करिब सय व्यक्ति घाइते भएका छन् । घाइतेहरूलाई स्थानीय अस्पताल, राजधानी स्कोप्जे र दक्षिणमा करिब ३० किलोमिटर (२० माइल) को दूरीमा रहेको स्टिप शहरमा लगिएको छ ।’ एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग