
काठमाडौँ । गएको सातादेखि नै ओरालो यात्रामा रहेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज पनि घटेको छ ।
नेप्से परिसूचक मंगलबार ३२ दशमलव २१ अंकले घटेको हो । पुँजीबजार कारोबार पछिल्लो सात दिनमा लगातार घट्दो क्रममा देखिएको हो । आज नेप्से परिसूचकमा १ दशमलव १७ प्रतिशत कमी पछि २ हजार ७ सय १९ दशमलव २० को बिन्दुमा अडिएको छ ।
आज ३ सय ३ कम्पनीको १ करोड ५५ लाख ५९ हजार ६ सय ८३ कित्ता शेयर, ९२ हजार ३१ पटक खरिदबिक्री हुँदा ८ अर्ब ३९ करोड ११ लाख ४९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज विकास बैङ्क समूह एक दशमलव ९३ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । बैंकिङ शून्य दशमलव ७१, वित्त एक दशमलव ५७, होटल तथा पर्यटन एक दशमलव १३, जलविद्युत् एक दशमलव ५१, लगानी एक दशमलव ८९ र जीवन बीमा समूह एक दशमलव ३० प्रतिशतले घटेको छ । त्यसैगरी, उत्पादन तथा प्रशोधन समूह दुई दशमलव ४९, लघुवित्त शून्य दशमलव ८९, म्युचुअल फन्ड शून्य दशमलव १०, निर्जीवन बीमा शून्य दशमलव ९९, व्यापार समूह एक दशमलव ७९ र अन्य समूह एक दशमलव ६८ प्रतिशतले घटेको छ ।
रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको ५८ करोड ६५ लाख १७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । सङ्ख्याका आधारमा सबैभन्दा धेरै महालक्ष्मी विकास बैङ्क लिमिटेडको ९ लाख ९१ हजार ४ सय ४४ कित्ता शेयर किनबेच भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग