
काठमाडौँ । ॐ समाज डेन्टल अस्पतालको आयोजनामा वृहत नि:शुल्क स्वास्थ्य शिविर भएको छ ।
अस्पतालको वनस्थली शाखाले प्रत्येक महिनाको अन्तिम शनिबार स्वास्थ्य शिविर गर्दै आएको छ । यस पटक ११५ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा स्वास्थ्य शिविर गरिएको हो । लाइन्स क्लव अफ काठमाण्डू इन्द्र अन्नपूर्ण योगा ,विभिन्न क्लबको साथै मन्जुश्री असहाय संरक्षण केन्द्र काठमाडौँ शाखासहितको आयोजनामा स्वास्थ्य शिविर गरिएको हो ।
तारकेश्वर क्लब सहआयोजक रहेको निशुल्क शिविरमा ईशान स्त्री तथा बाल अस्पतालले स्त्री रोग र बालबालिकाको स्वास्थ्य जाँच , ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालद्वारा रक्तदान कार्यक्रम, कीतिपुर आँखा अस्पतालले आँखा जाँचको साथै औषधि वितरण र चस्मा गरेका छन् ।
शिविरमा ॐ समाज डेन्टल अस्पतालले नि शुल्क दाँत सफा, दाँत निकाल्नुको साथै मुख स्वास्थ्य हेरविचार सम्बन्धी जानकारी दिएको अस्पतालको वनस्थली शाखा प्रमुख सविना पपन गुरुङले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग