
दाङ । किरण ठगुन्नाको शतकीय पारीको मद्दतमा सुदूरपश्चिम प्रदेशले यहाँ जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशलाई पराजित गरेको छ ।
सुदूरपश्चिमले गण्डकीलाई ६ विकेटले हराएको हो । यसअघि सुदूरपश्चिम पहिलो खेलमा कर्णाली प्रदेशसँग पराजित भएको थियो । दाङको लमही क्रिकेट रङ्गशालामा टस जितेर पहिला ब्याटिङ गरेको गण्डकी प्रदेशले निर्धारित ५० ओभरको खेलमा ८ विकेटको क्षतिमा २२० रन बनायो । दुई सय २१ रनको विजयी लक्ष्य सुदूरपश्चिमले ४३ ओभरमा चार विकेटको क्षतिमा पूरा गर्यो ।
सुदूरपश्चिमका ठगुन्नाले अविजित १२१ रन बनाए । उनले १०१ बल खेल्दै नौ चौका र ६ छक्का प्रहार गरे । यस्तै कप्तान नारायण जोशीले अविजित ३८, खडक बोहराले १९ तथा निश्चल क्षेत्रीले १८ रनको योगदान दिए । बलिङतर्फ गण्डकीका विपिन खत्री, अमृत गुरुङ, कमल परियार र अर्जुन कुमालले एक एक विकेट लिए ।
यसअघि २२० रन बनाउने क्रममा गण्डकीका लागि अर्जुन कुमाल र दिपक डुम्रेले अद्र्धशतकीय पारी खेले । दिपकले ७४ बल खेल्ने क्रममा तीन चौका र एक छक्का हान्दै ६० रन बनाए । यस्तै अर्जुनले ९५ बलमा ५७ रनको योगदान दिए । उनले यस क्रममा चार चौका र एक छक्का प्रहार गरे ।
यसैगरी सुदिप अर्यालले अविजित २३, दिनेश बुढामगरले १५ तथा अमृत गुरुङ र विपिन खत्रीले दश दश रनको योगदान दिए । बलिङतर्फ सुदूरपश्चिमका लागि शेर मल्लले तीन, नारायण जोशीले दुई तथा हेमन्त धामी, मिलन बोहरा र अर्जुन विकले एक एक विकेट लिए । सोमबारदेखि सुरु भएको प्रधानमन्त्री कप क्रिकेट सात पदेश र तीन विभागीय टोली सहभागी छन् ।
राउण्ड रोबिनका आधारमा खेलाइने प्रतियोगितामा अङ्कका आधारमा शीर्ष चार टोली सेमिफाइनल प्रवेश गर्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग