
तनहुँ । म्याग्दे गाउँपालिका–३ मा चिस्यान केन्द्र सञ्चालनमा ल्याइएको छ ।
स्थानीय स्तरमा उत्पादित कृषिजन्य वस्तुहरुलाई लामो समयसम्म भण्डारण गरी बजारमा उचित मूल्यमा बिक्री गर्ने उद्देश्यले चिस्यान केन्द्र निर्माण गरी सञ्चालनमा ल्याइएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताउनुभयो ।
चिस्यान केन्द्र निर्माणका लागि गत वर्षको पुस १ मा पासा कन्स्ट्रक्सनसँग १ करोड ४७ लाख ४ हजार ६ सय ४७ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । दुई तल्ले भवन १९५ दशमलव ८५ वर्ग मिटर क्षेत्रफलमा फैलिएको छ । चिस्यान केन्द्रमा कृषकले उत्पादन गरेका आलु, फलफूल, तरकारी लगायत राखिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
अधिकारीले भन्नुभयो– ‘कृषिजन्य वस्तु भण्डारणका लागि चिस्यान केन्द्रले सहयोग पुग्नेछ, जसकारण कृषकले उचित मूल्य पाउनेछन् ।’ अधिकारीका अनुसार चिस्यान केन्द्रको क्षमता २ सय मेट्रिक टन रहेको छ ।
चिस्यान केन्द्र सञ्चालन तथा व्यवस्थापन समितिका सदस्य सचिव रुक्मिता घिमिरेले चिस्यान केन्द्रमा भण्डारणका लागि प्रति किलो १० रुपैयाँ शुल्क कायम गरिएको जानकारी दिनुभयो । तर म्याग्दे गाउँपालिकाभित्रका कृषकलाई भने ५० प्रतिशत छुट दिइनेछ ।
कृषकले कृषिजन्य वस्तु उत्पादन गर्ने तर समयमा विक्री हुन नसक्दा समस्या हुँदै आएकाले अब चिस्यान केन्द्रले सहज हुने गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग