
सुर्खेत । कर्णालीको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा तीनदिने फोटो प्रदर्शनी हुने भएको छ ।
नेपाल पिक्चर लाइब्रेरीको आयोजनामा ‘सार्वजनिक जीवनमा महिलाः महिलावादी स्मृतिको एक पहल’ शीर्षकमा फोटो प्रदर्शन हुन लागेको हो ।
प्रदर्शनीको देशव्यापी यात्राअन्तर्गत फागुन २६, २७ र २८ गते सुर्खेतको वीरेन्द्रनगर र नेपालगञ्जमा एकैदिन प्रदर्शनी राखिएको छ । पहिलो चरणमा वीरगञ्ज र जनकपुरको सफलतापछि दोस्रो चरणमा सुर्खेत र नेपालगञ्जमा प्रदर्शनी गर्न लागिएको जनाइएको छ ।
तेस्रो चरणमा पोखरा, बागलुङ र पाल्पा, चौथो चरणमा बर्दिया, दाङ र रोल्पा, पाँचौँ चरणमा इलाम र झापा, छैटौँ चरणमा विराटनगर, धरान र भोजपुर, सातौँ चरणमा बुटवल, भरतपुर र हेटौंडामा हुनेछ ।
दृश्य अभिलेख, मौखिक इतिहास र सामुदायिक संलग्नतामार्फत नेपालको महिलावादी इतिहासलाई संरक्षण र प्रसार गर्ने उद्देश्यले तस्बिर प्रदर्शन यात्रा थालिएको हो । यो प्रदर्शनीले नेपालका महिलाको सार्वजनिक जीवनमा रहेको योगदानलाई उजागर गर्दै नेपाली समाजमा ऐतिहासिक महत्वलाई स्थापित गर्न सहयोग पु-याउने अपेक्षासमेत गरिएको छ ।
कर्णाली आट्र्स सेन्टरसँगको साझेदारीमा हुन लागेको प्रदर्शनी वीरेन्द्रनगरको घण्टाघरमा हुने भएको छ । बिहान १० देखि साँझ ५ बजेसम्म प्रदर्शनी सञ्चालन हुने आयोजक नेपाल पिक्चर लाइब्रेरीले जनाएको छ । प्रदर्शनी खुला र निःशुल्क हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग