
पर्सा । प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिताको मधेस प्रदेशबाट सहभागी हुने खेलाडी नाम सार्वजनिक गरिएको छ । मधेस प्रदेश खेलाडी छनोट समितिले शनिबार अनिलकुमार साहको कप्तानीमा १५ सदस्यीय टोली छनोट गरेको हो ।
मधेस प्रदेशको टिममा बाराका पवन सर्राफ, कमल गुप्ता, निखिल सिंह, रञ्जित कुमार, राजेश यादव, विशाल पटेल, रोशन विक, प्रदीप पासवान, रुपेश सिंह, दिपेश दास, हरिशङ्कर साह, शैलेन्द्र साह र सन्नी साह रहेका छन् । मधेस प्रदेशको टिमको प्रशिक्षकमा सुनिल साह रहेका छन् । सहप्रशिक्षकमा शुभ टण्डुकार र म्यानेजरमा दीपेन्द्र यादव रहेका छन् । छनोट समितिका संयोजक विकास दलीको नेतृत्वमा १५ सदस्यीय टोलीको छनोट गरेको हो ।
मधेसका आठ जिल्लाका टिमबाट प्रतिस्पर्धा गरेका उत्कृष्ट खेलाडीलाई छनोट गरेर मधेस प्रदेशको टिम बनाइएको हो । मधेस प्रदेशको टिम आइतबार बिहानै रुपन्देही प्रस्थान गरिसकेको छ । सो प्रतियोगिता लुम्बिनी प्रदेश क्रिकेट सङ्घको व्यवस्थापनमा हुने प्रतियोगितामा १० टिम सहभागी हुँदैछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग