
काठमाडौँ । दक्षिण कोरियाको एक अदालतले महाभियोग लागेका राष्ट्रपति युन सुक योलको गिरफ्तारी शुक्रबार रद्द गर्दै उहाँको रिहाईको लागि अनुमति दिएको छ।
निलम्बित राष्ट्रपतिका वकिलहरूले गत महिना उहाँको गिरफ्तारी रद्द गर्न अनुरोध दायर गरेका थिए र उहाँको हिरासत गैरकानुनी भएको तर्क गरेका थिए । अभियोजन पक्षले उहाँलाई अभियोग लगाउन धेरै लामो समय पर्खेको थियो।
सियोल सेन्ट्रल डिस्ट्रिक्ट कोर्टको एउटा कागजातमा भनिएको छ– ‘प्रतिवादीको हिरासत अवधि सकिएपछि अभियोग लगाइएको हो भन्ने निष्कर्षमा पुग्नु तर्कसङ्गत छ।’
‘प्रक्रियागत स्पष्टता सुनिश्चित गर्न र अनुसन्धान प्रक्रियाको वैधताको बारेमा कुनै पनि शङ्का हटाउन हिरासत रद्द गर्ने निर्णय जारी गर्नु उपयुक्त ठानिएको छ’ अदालतले भनेको छ।
पूर्व अभियोजक युनले डिसेम्बरमा केही समयका लागि नागरिक शासन निलम्बन गर्दैसंसद्मा सैनिक पठाएपछि दक्षिण कोरियाको रजनीतिमा उथलपुथल आएको थियो ।
महाभियोग लगाउनुभन्दा केही घण्टाअघि नै सांसदहरूले मतदान गरेर सैनिक शासनको घोषणा गरेको भन्दै उहाँविरूद्ध ‘राज्य विद्रोह’को आरोपको प्रस्ताव दर्ता गरेका थिए ।
सियोलस्थित आफ्नो सरकारी निवासमा सुरक्षा टोली र अनुसन्धानकर्ताबीच तनावपूर्ण झडप हुँदा ६४ वर्षीय युनले दुई हप्तासम्म गिरफ्तारीको विरोध गरेपनि अन्ततः जनवरी १५ मा उहाँलाई हिरासतमा लिइएको थियो।
उहाँले संवैधानिक अदालतमा महाभियोगको मुद्दाको पनि सामना गरिरहनुभएको छ । यसले उहाँलाई पदबाट हटाउने वा नहटाउने भन्ने निर्णय गर्नेछ । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग