
ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–५ तापेथोकस्थित सरस्वती माध्यमिक विद्यालयमा अभिभावक नै शैक्षिक सुधारका लागि सक्रिय बनेका छन् ।
विद्यालयमा विद्यार्थी र शिक्षकका अलावा अभिभावक पनि हरेक दिन उपस्थित हुन्छन् । उहाँहरू पढ्न वा पढाउन आउने होइनन्, बरु विद्यालयको अनुशासन, हाजिरी र पठनपाठन प्रभावकारी छ कि छैन भनेर निगरानी गर्नुहुन्छ ।
विद्यालयका अभिभावकले पालो मिलाएर दैनिक रूपमा एक जनाले विद्यालयमा समय बिताउँछन् । उहाँहरूले हरेक कक्षा अवलोकन गर्ने र देखेका पक्ष विशेष रेकर्ड फाइलमा टिपोट गर्नुहुन्छ । मासिक विद्यालय व्यवस्थापन समितिको बैठकमा अभिभावकले उल्लेख गरेका कमजोरीमा छलफल गरेर सुधारका उपाय खोजिन्छ । अभिभावकले विद्यालयमा निगरानी गर्दा शिक्षक र विद्यार्थी दुवै अनुशासित बन्न थालेका तथा पढाइ सुधारमा मद्दत गरिरहेको अभिभावक नेत्रकला लिम्बूको भनाइ रहेको छ ।
विद्यालय व्यवस्थापन समितिले पनि यो अभ्यासलाई महत्वपूर्ण ठानेको छ । अभिभावकको निरन्तर संलग्नताले विद्यालयमा अनुशासन मात्रै होइन, विद्यार्थीको सिकाइस्तर पनि सुधारिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष दीपक लिम्बू बताउनुहुन्छ ।
विद्यालयको शैक्षिक सुधारका लागि ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रिड नेपाल) ले एक दशकदेखि सहकार्य गर्दै आएको छ । ह्युमन प्राक्टिस फाउण्डेशनको सहयोगमा आधुनिक सुविधा थपिएको छ । विद्यालयमा पक्की भवन, विज्ञान प्रयोगशाला, कम्प्युटर ल्याब र पुस्तकालय जस्ता स्रोतसाधन छन् । ३ वर्षअघि १६० विद्यार्थी रहेको विद्यालयमा अहिले २६५ विद्यार्थी भर्ना भएका छन् ।
विद्यालयमा भौतिक संरचना मात्रै होइन, शिक्षण सिकाइ प्रक्रियामा सुधार ल्याउने प्रयास भइरहेको ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रिड नेपाल) का प्रबन्धक राजेन्द्र पन्तको भनाइ रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग