
मोरङ । विराटनगरको शहीद रङ्गशालामा ‘विराट गोल्डकप’ फुटबल प्रतियोगिताअन्तर्गतका बिहीबार भएको दोस्रो क्वाटर फाइनल खेलमा नेपाल पुलिस क्लब विजयी भएको छ ।
विराट गोल्डकप ट्रष्टद्वारा आयोजित प्रतियोगितामा पुलिस क्लबले सशस्त्र प्रहरीको एपिएफ एफसीलाई २–० गोलले पराजित गरेको छ ।
प्रतियोगिताको मध्यान्तरपछि नेपाल पुसिल क्लबका जर्सी नम्बर २१ का अरूण गाहाले ६६ मिनेट र जर्सी नम्बर ९ का मनिष सेढाईँले ८७ मिनेटमा एक–एक गोल गरी आफ्नो क्लबलाई सेमिफाइनलमा पु-याउन सफल भएका छन् । खेलको म्यान अफ दी म्याच भएका पुलिस क्लबका मनिष सेढाईँले ११ हजार रुपैयाँ प्राप्त गरेका छन् ।
आजको खेल साविक विजेता मच्छिन्द्र फुटबल क्लब र पूर्वविजेता थ्रीस्टार क्लबबीच साँझ ६ः३० बजे हुने ट्रष्टले जनाइएको छ । प्रतियोगितामा भारतका दुई र नेपालका विभागीय टिमसहित १० टिम सहभागी छन् ।
प्रतियोगितको विजेतालाई ११ लाख, उपविजेतालाई ५ लाख, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही १५ हजार, दैनिक हुने खेलको उत्कृष्ट खेलाडीलाई ११ हजार र सर्वोत्कृष्ट खेलाडीलाई ५१ हजार रुपैयाँ पुरस्कार दिइने प्रबन्ध गरिएको आयोजकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग