
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ स्थित धार्मिक पर्यटकीय क्षेत्र मुडकामा लाग्ने मेला (जाँत) को तयारी पूरा भएको छ । फागुन २३ र २४ गते लाग्ने मेलाका लागि मन्दिर परिसरमा सरसफाइसँगै सडक मर्मत लगायत तयारी पूरा भएको हो ।
मेलाका लागि मन्दिर परिसरभन्दा तल्लो क्षेत्रमा व्यापारिक प्रयोजनका पसल राख्ने व्यवस्था मिलाइएको छ । सवारीसाधन पार्किङका लागि स्वयंसेवक छनोट गरिएको वैजनाथ धार्मिक तथा पर्यटकीय विकास समितिका अध्यक्ष पुरन हमालले बताउनुभयो ।
‘मन्दिर परिसर र त्यसको आसपासको क्षेत्रलाई दर्शनार्थीका लागि छुट्टयाएका छौँ’ उहाँले भन्नुभयो, ‘मेला क्षेत्रमा मदिरा पूर्ण रूपमा निषेध गरिएको छ ।’ दर्शनार्थीका सवारीसाधन हिँड्ने सडकमा धुलाम्मे हुने भएकाले त्यसमा पानी छर्केर व्यवस्थित पार्ने कार्य भइरहेको उहाँले उल्लेख गर्नुभयो । खानेपानीको उचित प्रबन्ध गरिएको छ ।
अध्यक्ष हमालका अनुसार मेला क्षेत्रमा अवाञ्छित गतिविधि हुन नदिन शान्ति सुरक्षाका लागि प्रहरी र सशस्त्र प्रहरीसँग समन्वय गरिएको छ । ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, महिलाहरूलाई मन्दिरमा दर्शन गर्न पहिलो प्राथमिकतमा राख्ने निर्णय गरिएको समितिका कोषाध्यक्ष डम्बरबहादुर ऐरले बताउनुभयो ।
फागुन शुक्ल पक्षको नवमीको राति र दशमीको दिन दिउँसो मुडकामा प्रत्येक वर्ष मेला लाग्ने गर्दछ । यस अवसरमा नगरपालिको स्थानीय बिदा दिने गरेको छ । जिल्लाकै धार्मिक तथा पर्यटकीय हिसाबले महत्वपूर्ण गन्तव्यका रूपमा मुडकालाई लिने गरिन्छ ।
मन्दिरको दर्शन गरेमा मुडकामा रहेको बैजनाथ बाबाको दर्शन गरेमा ईच्छित फल पाइने जनविश्वासका कारण दर्शनार्थीको घुइँचो लाग्ने गर्छ । मेलामा भारत, नेपालका दर्शनार्थीसँगै व्यापारीको ठूलो जमघट हुने स्थानीय बताउँछन् ।
मुडका क्षेत्रमा सिद्धबाबाको प्राचीन मन्दिर र मन्दिर नजिकै ठूलो तलाउ छ । पूर्वपश्चिम राजमार्गभन्दा करिब ११ किलोमिटर उत्तर चुरेको फेदीमा रहेको यो क्षेत्र प्राचीनकालमा पहाडबाट चौपायासहित हिउँदका बेला बसाइँ सर्नेको आश्रयस्थल रहिआएको मानिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग