
लुम्बिनी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले संविधान संशोधनको प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिनुभएको छ ।
उहाँले वर्तमान सरकार गठन हुँदा दुई दलबीच संविधान संशोधनको विषयमा ७ बुँदे सहमति भएकाले सरकारमा सहभागी दलहरु इमान्दारिताका त्यो प्रक्रियामा अघि बढ्नुपर्ने बताउनुभयो ।
नेपाल प्रेस युनियन रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता केसीले संविधान संशोधनका लागि सरकारमा सहभागी दलसहितको समिति बनाउनुपर्नेमा जोड दिनुभयो ।
‘अहिले देशमा दुई ठूला दल मिलेर सरकार गठन हुनुको कारण देशमा देखिएको अस्थिरता हटाउनु हो । जनतामा देखिएको निराशालाई हटाउन संविधान संशोधन गर्न सरकार गठन भएको हो’ नेता केसीले भन्नुभयो– ‘सरकारमा रहेका, नरहेका सबै दलसँग छलफल गरेर सहमतिपूर्ण निस्कर्ष निकाल्नु पर्छ ।’
नेता केसीले नेपाली कांग्रेसको १५ औं महाधिवेशन निर्धारित समयभित्रै गरिनुपर्ने बताउनुभयो । उहाँले सकेसम्म आगामी २०८२ सालभित्र र नभए २०८४ सालको चुनाव अघि महाधिवेशन हुनुपर्ने बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- यी हुन् राजसंस्था पुन:स्थापना संयुक्त जनआन्दोलन समितिको बैठक निर्णयहरु
- गृहमन्त्रीको साथी बनेर कर्मचारीलाई धम्काउने पक्राउ
- प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पारित
- वैशाख २८ मा प्रधानमन्त्रीले राष्ट्रियसभामा सम्बोधन गर्ने
- पूर्वमन्त्री प्रदीप नेपालको निधन
- खुले सरकारी विद्यालय
- आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुदै
- दुम्कीबासमा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
- विद्यालय कर्मचारी परिषदद्वारा आन्दोलनको घोषणा
- नीति तथा कार्यक्रमका लागि संसदमा पूर्वाभ्यास सम्पन्न