
काठमाडौँ । थाइल्याण्डको बैङ्ककमा बस दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ ।
राजधानी बैङ्ककको पूर्वमा रहेको प्राचिन बुरी प्रान्तमा बुधबार स्थानीय सरकारी अधिकारीहरूलाई लिएर फिल्ड ट्रिपमा गएका तीनवटा डबल डेकर बसमध्ये एउटा दुर्घटना भएको हो ।
‘दुर्घटनामा १७ जनाको घटनास्थलमा मृत्यु भएको थियो भने एक जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरी लेफ्टिनेन्ट कर्णेल सिवापास फुरीप्चाइबुन्चुले भन्नुभयो – ‘हामीले चालकलाई सोधपुछ गर्दा बसको ‘ब्रेक फेल’ भएका कारण सडकबाट भीर हुँदै निकै तल खसेको उनले बताएका छन्। थप अनुसन्धान भइरहेको छ ।’
बस दुर्घटना हुँदा बसमा ४९ जना सवार रहेको र घाइतेहरुलाई उपचारका लागि दुई वटा अस्पतालमा लगिएको छ ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार थाइल्याण्डमा सडक सुरक्षाको सबैभन्दा खराब रेकर्ड छ । यहाँ हरेक वर्ष लगभग २० हजार व्यक्तिको सडक दुर्घटनाका कारण मृत्यु हुन्छ । पूरानो र असुरक्षित सवारी साधन र चालकको लापर्बाही सडक दुर्घटनाको प्रमुख कारक मानिन्छ ।
गत अक्टोबरमा बैङ्ककको उपनगरमा एउटा विद्यालयका विद्यार्थी बोकेको बसमा भएको आगलागीमा परी २३ जनाको मृत्यु भएको थियो। एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै
- आज २५६९ औं बुद्ध जयन्ती मनाइँदै
- यी हुन् राजसंस्था पुन:स्थापना संयुक्त जनआन्दोलन समितिको बैठक निर्णयहरु
- गृहमन्त्रीको साथी बनेर कर्मचारीलाई धम्काउने पक्राउ
- प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पारित
- वैशाख २८ मा प्रधानमन्त्रीले राष्ट्रियसभामा सम्बोधन गर्ने
- पूर्वमन्त्री प्रदीप नेपालको निधन
- खुले सरकारी विद्यालय