
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज सामान्य अंकले बढेको छ ।
नेप्से परिसूचक मंगलबार सात दशमलव १३ अंकले बढेर २ हजार ७ सय ६५ दशमलव ८८ को विन्दुमा कायम भएको हो ।
आज ३ सय १२ कम्पनीको एक करोड ७८ लाख ६५ हजार सात सय तीन कित्ता शेयर, ९७ हजार ५ सय ६२ पटक खरिदबिक्री हुँदा ९ अर्ब ९० करोड ९३ लाख ८६ हजार २ सय २७ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आजको कारोबारमा बैङ्किङ शून्य दशमलव ०२, होटल तथा पर्यटन शून्य दशमलव ०५, लगानी शून्य दशमलव ७७, जीवन बीमा शून्य दशमलव ८१, उत्पादन तथा प्रशोधन शून्य दशमलव १८, म्युचुअल फन्ड शून्य दशमलव ०५ र अन्य समूह दुई दशमलव ९० प्रतिशतले बढेको छ । अरु सबै समूहको उपसूचक घटेको छ । विकास बैङ्क शून्य दशमलव १२, वित्त शून्य दशमलव ७१, लघुवित्त शून्य दशमलव १५, निर्जीवन बीमा शून्य दशमलव २८ र व्यापार समूह दुई दशमलव ५१ प्रतिशतले घटेको हो ।
गार्डियन माइक्रोलाईफ इन्स्योरेन्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्ने क्रमले आज पनि निरन्तरता पाएको छ । सबैभन्दा धेरै घट्नेमा भने विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य आठ दशमलव ९७ प्रतिशतले घटेको छ ।
रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको एक अर्ब दुई करोड ६२ लाख ७३ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड प्रमोटर शेयर १० लाख ३१ हजार २ सय ८८ कित्ता शेयर किनबेच भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै
- आज २५६९ औं बुद्ध जयन्ती मनाइँदै
- यी हुन् राजसंस्था पुन:स्थापना संयुक्त जनआन्दोलन समितिको बैठक निर्णयहरु
- गृहमन्त्रीको साथी बनेर कर्मचारीलाई धम्काउने पक्राउ
- प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पारित
- वैशाख २८ मा प्रधानमन्त्रीले राष्ट्रियसभामा सम्बोधन गर्ने
- पूर्वमन्त्री प्रदीप नेपालको निधन
- खुले सरकारी विद्यालय