
काठमाडौँ । तेस्रो राष्ट्रिय डोरीतान (टग अफ वार) प्रतियोगिता फागुन १६ गतेदेखि हुने भएको छ ।
नेपाल डोरीतान सङ्घको आयोजनामा फागुन १६ र १७ गते प्रतियोगिता हुन लागेको हो । सङ्घले सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै सातै प्रदेशका खेलाडीको सहभागिता रहनेगरी प्रतियोगिता गरिने जानकारी दिएको हो । सङ्घका अध्यक्ष भवानीप्रसाद पौडेलले भक्तपुरको सानोठिमीस्थित एसओएस हर्मन माइनर स्कुलमा प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिनुभएको छ ।
उहाँका अनुसार प्रतियोगितामा पुरुषतर्फ ७ प्रदेश र ३ विभागीयसहित १० टोली तथा महिलातर्फ पाँच प्रदेश र ३ विभागीयसहित ८ टोलीको सहभागिता रहने छ । महिलातर्फ सुदूरपश्चिम र कर्णाली प्रदेश भने सहभागी नहुने आयोजकले जनाएको छ ।
कूल १८ टिमका १ सय ६२ खेलाडी सहभागी हुने अध्यक्ष पौडेलले जानकारी दिनुभयो । प्रतियोगिताको पुरुष विजेता टोलीले एक लाख र उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने सङ्घका अन्तरराष्ट्रिय प्रतिनिधि आनन्दकुमार यादवले जानकारी दिनुभयो । उहाँका अनुसार महिलातर्फका विजेताले ६० हजार र उपविजेताले ४० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
नेपालको पुरानो मौलिक खेल भएर पनि लामो समयसम्म ओझेलमा परेकाले राष्ट्रियस्तरको प्रतियोगिताको आयोजना गरी यसको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्य राखिएको यादवले बताउनुभयो । प्रतियोगिता सम्पन्न गर्न ३१ लाख रुपैयाँ लाग्ने आयोजकले अनुमान गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै
- आज २५६९ औं बुद्ध जयन्ती मनाइँदै
- यी हुन् राजसंस्था पुन:स्थापना संयुक्त जनआन्दोलन समितिको बैठक निर्णयहरु
- गृहमन्त्रीको साथी बनेर कर्मचारीलाई धम्काउने पक्राउ
- प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पारित
- वैशाख २८ मा प्रधानमन्त्रीले राष्ट्रियसभामा सम्बोधन गर्ने
- पूर्वमन्त्री प्रदीप नेपालको निधन
- खुले सरकारी विद्यालय