
बैतडी । महाशिवरात्रिका अवसर पारेर यहाँका दुई स्थानमा कृषि प्रदर्शनी मेला लाग्ने भएको छ ।
डिलासैनी गाउँपालिकाको हरिनगरमा फागुन १४ गतेदेखि ३ दिनसम्म कृषि प्रदर्शनी मेला लाग्ने भएको हो । मेलामा गाउँपालिकाभित्रका किसानद्वारा उत्पादित कृषि उपज ल्याएर बिक्री गर्न सकिने जनाइएको छ ।
त्यसैगरी, पाटन नगरपालिका–६, स्वर्गिनी पीपलधाममा सोही दिन एकदिने कृषि प्रदर्शनी मेला लाग्ने आयोजक पाटन भ्याली क्रिकेट क्लबका सचिव सन्तोष जोशीले जानकारी दिनुभयो । किसानले ल्याउने उपजलाई बजारीकरणका लागि स्टल निःशुल्क रहेको र राम्रो कृषि उपज उत्पादन गरेका किसानलाई पुरस्कारको व्यवस्था गरिएको डिलासैनी गाउँपालिका अध्यक्ष सन्तोष प्रकाश जोशीले जानकारी दिनुभयो ।
मेलामा स्थानीय कृषि उत्पादनको प्रवर्द्धन गर्नाका साथै नवप्रवर्तन र सीप आदान–प्रदानलाई प्रोत्साहित गरिने आयोजकले जनाएको छ । मेलामा खाद्यान्न बाली, दलहन तथा नगदे बाली, फलफूल बाली, तरकारी बाली, आलु बाली, मसला बाली, तेलहन बाली, लहरे बाली, च्याउ लगायत कृषिजन्य सामग्री प्रदर्शन गरिनेछ ।
प्रदर्शनीमा सहभागी कृषिजन्य वस्तुको प्रत्येक बाली समूहमा प्रथम, द्वितीय, तृतीय र सान्त्वनालाई क्रमशः दुई हजार, एक हजार पाँच सय, एक हजार र पाँच सय रुपैयाँँ पुरस्कार प्रदान गरिने डिलासैनी गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै
- आज २५६९ औं बुद्ध जयन्ती मनाइँदै
- यी हुन् राजसंस्था पुन:स्थापना संयुक्त जनआन्दोलन समितिको बैठक निर्णयहरु
- गृहमन्त्रीको साथी बनेर कर्मचारीलाई धम्काउने पक्राउ
- प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पारित
- वैशाख २८ मा प्रधानमन्त्रीले राष्ट्रियसभामा सम्बोधन गर्ने
- पूर्वमन्त्री प्रदीप नेपालको निधन
- खुले सरकारी विद्यालय