
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको कृषि सम्भावनाबाट फाइदा लिन सुधार र सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।
आज आयोजित नेपाल कन्ट्री इन्भेस्टमेन्ट छलफलका क्रममा उहाँले कृषि अर्थतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै यसबाट फाइदा लिन सोही अनुरुपका रणनीति र कार्यक्रम आवश्यक भएको बताउनुभयो ।
अहिले पनि कृषि क्षेत्रले ठूलो जनसङ्ख्यालाई रोजगारी प्रदान गरिरहेको, कुल गार्हस्थ उत्पादनमा उल्लेखनीय योगदान पु¥याएको चर्चा गर्दै उहाँले वित्तमा सीमित पहुँच, खण्डित भूमि स्वामित्व र पुरानो प्रविधि जस्ता विषयले नेपालले कृषिबाट आशातित सफलता हासिल गर्न नसकेको धारणा राख्नुभयो ।
अध्यक्ष ढकालले वित्तीय समावेशीकरण मात्र पर्याप्त नभएको तर्क गर्दै कृषि मूल्य शृङ्खला सुधार गर्ने, किसानलाई बजारसँग जोड्ने र साना तथा मझौला कृषि व्यवसायका लागि पुँजीमा पहुँच सुनिश्चित गर्न फराकिलो दृष्टिकोणको आवश्यकता छ भन्नुभयो ।
ग्रामीण उद्यमशीलताको विकासका लागि कृषि र ग्रामीण पूर्वाधारमा लगानी बढाउन आवश्यक भएको उहाँको भनाइ छ । उहाँले आफूले व्यक्तिगत रुपमा पनि रेमिट्यान्सलाई औपचारिकीकरण गर्ने र ग्रामीण क्षेत्रहरूमा वित्तीय सेवा विस्तार गर्ने, किसान, महिला उद्यमी र साना व्यवसायलाई सशक्त बनाउने काम गरिरहेको बताउनुभयो ।
उहाँले नेपालको आर्थिक परिदृश्यलाई रूपान्तरण गर्ने परियोजना र कम्पनीमा लगानी गर्ने लक्ष्यका साथ महासङ्घको अगुवाइमा नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड कम्पनी स्थापना गरी काम अगाडि बढाइएको जानकारी दिनुभयो ।
नेपालको कृषि तथा अन्य विकास परियोजनामा विकास साझेदारहरूको सहयोग प्रति आभार व्यक्त गर्दै अध्यक्ष ढकालले समृद्ध अर्थतन्त्र निर्माणका लागि सरकार विसकास साझेदार र निजी क्षेत्रको सहकार्यमा जोड दिनु भयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै
- आज २५६९ औं बुद्ध जयन्ती मनाइँदै
- यी हुन् राजसंस्था पुन:स्थापना संयुक्त जनआन्दोलन समितिको बैठक निर्णयहरु
- गृहमन्त्रीको साथी बनेर कर्मचारीलाई धम्काउने पक्राउ
- प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पारित
- वैशाख २८ मा प्रधानमन्त्रीले राष्ट्रियसभामा सम्बोधन गर्ने
- पूर्वमन्त्री प्रदीप नेपालको निधन
- खुले सरकारी विद्यालय