
काठमाडौँ । अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा म्यानमारले कीर्गिस्तानलाई पराजित गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सम्पन्न खेलमा म्यानमारले कीर्गिस्तानलाई ५–० गोलअन्तरले पराजित गरेको हो । जितसँगै दुई खेलबाट ६ अङ्क बटुलेको म्यानमारको फाइनल पुग्ने सम्भावना बलियो बनेको छ ।
म्यानमारले यसअघि लेबनानलाई ३–१ गोलअन्तरले हराएको थियो । कीर्गिस्तान भने जितविहीन रहेको छ । यसअघि कीर्गिस्तान नेपालसँग १–० गोलअन्तरले पराजित भएको थियो ।
आज म्यानमारको जितमा युन वादी एलाइङ र मे हेट लुले समान दुई÷दुई गोल गरे भने सानदार लिनले एक गोल थपिन् । युनले खेलको दोस्रो मिनेटमै नै गोल गरिन् । त्यस्तै खेलको ३०औँ मिनेटमा सानदारले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाइन् ।
त्यसपछि खेलको ३६औँ मिनेटमा नै मे हेटले गोल गर्दै टोलीको अग्रता तेब्बर बनाइन् । पहिलो हाफ सकिन चार मिनेट बाँकी रहँदा युनले व्यक्तिगत दोस्रो गोल गर्दै पहिलो हाफमा ४–० को अग्रता दिलाइन् ।
खेलको दोस्रो हाफमा मे हेटले अर्को गोल गरिन् । खेलको ४९औँ मिनेटमा मे हेटले गोल गरेसँगै म्यानमार ५–० ले विजयी भयो । प्रतियोगिताअन्तर्गत आजै साँझ ६ बजे हुने अर्को खेलमा नेपाल र लेबनानबीच प्रतिस्पर्धा हुँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै
- आज २५६९ औं बुद्ध जयन्ती मनाइँदै
- यी हुन् राजसंस्था पुन:स्थापना संयुक्त जनआन्दोलन समितिको बैठक निर्णयहरु
- गृहमन्त्रीको साथी बनेर कर्मचारीलाई धम्काउने पक्राउ
- प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पारित
- वैशाख २८ मा प्रधानमन्त्रीले राष्ट्रियसभामा सम्बोधन गर्ने
- पूर्वमन्त्री प्रदीप नेपालको निधन
- खुले सरकारी विद्यालय