
काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी ‘फरवार्ड’ सावित्रा भण्डारी (साम्बा) स्वदेश फर्किएकी छ्न् ।
फ्रान्समा व्यवसायी फुटबल खेलिरहेकी साम्बा नेपालले आयोजना गरेको चार देश सम्मिलित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता खेल्न आज स्वदेश फर्केकी हुन् । उनलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का प्रवक्ता सुरेश शाह लगायतले अन्तरराष्ट्रिय त्रिभुवन विमानस्थलमा स्वागत गर्नुभएको थियो । नेपालले आज साँझ ६ बजे कीर्गिस्तानसँग खेल्दैछ ।
यसअघि प्रतियोगिताका लागि सयुक्त अरब इमिरेट्स ९युएइ० को लिग खेलिरहेकी रेखा पौडेल र ग्रिसमा व्यावसायिक फुटबल खेलिरहेकी नेपाली टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बा नेपाल फर्किएकी थिइन् । प्रतियोगितामा नेपालसहित कीर्गिस्तान, म्यानमार र लेबननको सहभागिता रहेको छ ।
प्रतियोगिताका खेल राउन्ड रोबिनका आधारमा खेलिने छ भने शीर्ष स्थान हासिल गर्ने दुई टोलीबीच फाइनल भिडन्त हुनेछ । प्रतियोगितामा नेपालले आजसँगै फागुन ८ गते लेबनानसँग खेल्ने छभने ११ गते म्यान्मासँग खेल्नेछ ।
नेपाली टोलीको ‘गोलकिपर’मा कप्तान एञ्जिला तुम्बापो सुब्बासँगै अञ्जना राना मगर र उषा नाथ छन् । त्यसैगरी, ‘डिफेन्डर’मा निशा थोकर, समीक्षा घिमिरे, अमृता जैशी, गीता राना, विमला विक, पूजा राना, बिमला चौधरी र मनमाया दमाईं छन् । त्यसैगरी, ‘मिडफिल्डर’मा अनिता बस्नेत, रेनुका नगरकोटे, प्रीति राई, सरू लिम्बु, सविता राना मगर, रेनुका हमाल र सुष्मा तामाङ छन् ।
फरवार्डमा सावित्रा भण्डारी, रश्मीकुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी र रेखा पौडेल छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु
- गभर्नरमा योग्यताका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री
- पूर्वमन्त्री बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा : तीन अर्ब २१ करोड बिगो माग दाबी
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै
- आज २५६९ औं बुद्ध जयन्ती मनाइँदै
- यी हुन् राजसंस्था पुन:स्थापना संयुक्त जनआन्दोलन समितिको बैठक निर्णयहरु