
गण्डकी । पर्यटकीय राजधानी पोखरामा आइतबारदेखि दोस्रो प्रादेशिक ललितकला प्रदर्शनी शुरु भएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, गण्डकी प्रज्ञा प्रतिष्ठान र ‘काठमाडौँ ट्रिएनाले’द्वारा आयोजित प्रदर्शनी पाँच दिनसम्म चल्नेछ ।
नयाँ बजारस्थित पोखरा आर्ट ग्यालरीमा सुरु भएको प्रदर्शनीमा ८० चित्र प्रदर्शनीमा राखिएको गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का ‘बिखर्ची’ले जानकारी दिनुभएको छ ।
गण्डकी प्रदेशस्तरीय यस प्रदर्शनीबाट उत्कृष्ट ठहरिएका कलाकारका चित्रलाई काठमाडौँमा हुने राष्ट्रिय ललितकला प्रदर्शनीमा सहभागी गराइने उहाँले बताउनुभयो । प्रदर्शनीमा अनुजदेखि स्थापित भइसकेका कलाकारका चित्रकलालाई समावेश गरिएको छ । सिर्जनशील कलाकार समूह, कास्कीसँगको सहकार्य सञ्चालित उक्त प्रदर्शनीको बिहान १० देखि साँझ ५ बजेसम्म अवलोकन गर्न सकिनेछ । समूहका अध्यक्ष डिबी गुरुङले गत वर्षदेखि प्रदेशस्तरमा ललितकला प्रदर्शनीको आयोजना हुन थालेको बताउनुभयो ।
सातै प्रदेशबाट छनोटमा परेका कलाकृति राष्ट्रिय ललितकता प्रदर्शनीमा राखिने नेपाल ललितकला प्रतिष्ठानले जनाएको छ । प्रादेशिक ललितकता प्रदर्शनीमा सबै विधाबाट उत्कृष्ट हुने एक जनालाई ५० हजार रुपैयाँको पुरस्कार प्रदान गरिने भएको छ ।
चित्रकलातर्फ परम्परागत र समसामयिक चित्रकला, मूर्तिकलातर्फ परम्परागत लोक मूर्तिकला र समसामयिक आधुनिक मूर्तिकला, शिल्पकला–हस्तकला, विद्यार्थी ललितकला प्रादेशिक पुरस्कार गरेर एक÷एक जनालाई र लोककला, वास्तुकला तथा अन्य सिृजनात्मक कलातर्फ दुई जनालाई पुरस्कृत गरिने प्रतिष्ठानले जनाएको छ । विधागत पुरस्कार ३० हजार रुपैयाँ रहेको छ ।
राष्ट्रिय प्रदर्शनीमा सहभागी भई सर्वोच्कृष्ट बन्नेले एक लाख र विधागत रुपमा उत्कृष्ट बन्ने कलाकारले ६० हजार रुपैयाँका दरले पुरस्कार प्राप्त गर्नेछन् । प्रदर्शनीको अवलोकन गर्दे गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले पोखरा आर्ट ग्यालरीलाई व्यवस्थित र सुविधासम्पन्न बनाउन प्रदेश सरकारले पहल गर्ने बताउनुभयो । उहाँले ललितकलाको विकासका लागि प्रदर्शनीले टेवा पुग्ने धारणा राख्नुभयो ।
प्रदर्शनीको शुभारम्भका क्रममा ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का ‘बिखर्ची’, उपकुलपति गोरे गुरुङलगायत कला क्षेत्रका विशिष्ट व्यक्तिहरुको सहभागिता रहेको थियो । प्रदर्शनीमा विभिन्न कलाकारले तयार पारेका मूर्त÷अमूर्त चित्रकला राखिएको छ ।
प्रदर्शनीको प्रवद्र्धन नेपाल पर्यटन बोर्डले गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु
- गभर्नरमा योग्यताका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री
- पूर्वमन्त्री बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा : तीन अर्ब २१ करोड बिगो माग दाबी
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै
- आज २५६९ औं बुद्ध जयन्ती मनाइँदै
- यी हुन् राजसंस्था पुन:स्थापना संयुक्त जनआन्दोलन समितिको बैठक निर्णयहरु